टोखा टाइम्स, १४ पुस टोखा । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक नगरी टोखाबाट भक्तपुरको नवदुर्गाका गणलाई बिदाई गरिएको छ।
मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर टोखामा देखाइने गरेको नवदुर्गा नाच टोखाको गणेश मन्दिर, नास: द्य:, तलेजु मन्दिर परिसरका साथै तपलाछीको नारायण मन्दिर परिसरमा तीन दिनसम्म प्रदर्शन गरिएको थियो ।
नवदुर्गा नाच प्रस्तुत गर्ने समूहलाई सोमबार बिदाई गरिएको नेवाः गुथि तोखाका अध्यक्ष एवम् नवदुर्गा नाच व्यस्थापन समितिका सदस्य रमेश नापितले जानकारी दिए।
टोखामा यःमरी पुन्हि लगतै यो नाच प्रदर्शन गरिने प्रचलन रहेको छ । शुभ तिथिमिति निर्धारण गरी देवगण टोली टोखामा आई नाच देखाउन आउने ‘दि क्वछिगु’ दिनको टुंगो लगाउन आउनु पर्ने चलन रहेको छ । यसो गर्नुको कारण नवदुर्गा गणलाई आवश्यक व्यवस्थापन तयारी गर्न हो ।
तीन दिनसम्म नाच अवधिभर तलेजुबाट प्रत्येक दिन मूल पूजा दिनु पर्ने तलेजुका मू नायो हेमराज श्रेष्ठले बताए । नाच सम्मापन लगत्तै आइतबार भक्तपुरको नवदुर्गा देवगणलाई मूल दक्षिणा दिई बिदाई गरेको मु नायो श्रेष्ठले जानकारी दिए ।
देवगणलाई चार लाख रूपैयाँ मूल दक्षिणा दिएको तलेजु मू नायो हेमराज श्रेष्ठले जानकारी दिए । जसमध्य टोखा र तार्केश्वरको साङ्गलाबाट ३ लाख ५० हजार र ५० हजार रहेको छ ।
तान्त्रिक विधिबाट शरीरमा देवशक्ति प्रतिष्ठापन भएको अनुभूति गरी नाचिने भक्तपुरको ऐतिहासिक एवं साँस्कृतिक महत्त्वको नवदुर्गा देवगण (ङालाकेगु) को नाच मल्लकालमा रोगव्याधी फैलिएकाले स्वास्थ्य चेतना दिन र मनोरञ्जनका लागि शुरु भएको मानिन्छ । नवदुर्गा आउनाले बालीनाली राम्रो हुने किंवदन्ती पाइन्छ ।
टोखा नगरपालिकाको सहयोग, वडा नं २ र ३ को आयोजना नवदुर्गा देवगण नाच तोखा मूल व्यवस्थापन समिति-२०८१ मा रमेश डंगोल (संरक्षक), धर्मेन्द्र श्रेष्ठ (संरक्षक), अमर डंगोल(संयोजक), हरिकृष्ण श्रेष्ठ (सह संयोजक), आर्यन डंगोल (स्वयंसेवक संयोजक), हरिभक्त श्रेष्ठ (स्वयंसेवक सह-संयोजक), सबिना श्रेष्ठ वडा सदस्य, लक्ष्मी हिङमाङ वडा सदस्य, शान्ता राई वडा सदस्य, देविमाया नेपाली वडा सदस्य, रमेश नापित (नेवाः गुथि अध्यक्ष), रवीना श्रेष्ठ (क्षेत्र बि.स.सदस्य सचिव), हेमराज श्रेष्ठ (मु नायो), देवराज डंगोल (आर्थिक संयोजक), शैलेन्द्र डंगोल (खाने/बस्ने व्य. संयोजक), हेरकाजी डंगोल (खाजा व्य. संयोजक), सुविन्द्र श्रेष्ठ नेपाली काँग्रेस – २, रबिन्द्र श्रेष्ठ एमाले – २, काशिलाल डंगोल नेमकिपा – २, सिहराज कर्माचार्य राप्रपा २, सुर्यमान डंगोल एमाले – ३, माओवादी – ३, न्हुछे श्रेष्ठ समाजवादी – ३, कमल बहादुर डंगोल नेमकिपा ३, सुसनलाल श्रेष्ठ राप्रपा ३, रामलाल मर्हजन उपाध्यक्ष नेवाः गुथि, हेरकाजी श्रेष्ठ सदस्य नेवाः गुथि, आशा नारायण श्रेष्ठ सदस्य नेवाः गुथि, ज्ञानुकाजी श्रेष्ठ सदस्य नेवाः गुथि, अष्ट श्रेष्ठ प्रचार प्रसार, दिपेन्द्र डंगोल खाजा व्यवस्थापन, रवि डंगोल पुजाआजा, गणेशलाल श्रेष्ठ श्री भगवती क्लब, बुद्धिहरी श्रेष्ठ फ्रेण्डशिप ग्रुप अफटोखा, राजिव श्रेष्ठ टोखा युवा क्लब, राम डंगोल बालप्रेमि क्लब, अकबर श्रेष्ठ टोखा मिलिजुली क्लब, सनम डंगोल नेपा युवा क्लब, सन्तलाल श्रेष्ठ बालबिकास क्लब रहेका थिए ।