टोखा टाइम्स, २३ पुस । टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले एक अपिल गर्दै नगरबासीमा अनुरोध गरेका छन् । घर संकेत नम्बरको कार्य अगाडी बढेको हुँदा सडक तथा टोलहरुको नामाकरण हुन् लागेको जानकारी गरेका छन् ।
नगर प्रमुखले जारी गरेको अपिलमा भनिएको छ – ‘परम्परागत वा ऐतिहासिक वा साँस्कृतिक वा प्रचलित नाम हुनुपर्ने उल्लेख गरिएको छ । त्यस्तै मुख्य बाटोलाई मुख्य ठाउँको आधारमा नाम राख्न सकिनेछ । स्थानीय र मौलिक नाममा प्राथमिकता दिनुपर्ने, हरेक बाटोको सम्पुर्ण लम्बाई भरि एउटै नाम राख्नुपर्ने, मुख्य बाटोले जोडेको सुरुको नाम र अन्तिम ना समावेश हुनुपर्ने, बाटो, चोक तथा सडकको नाम राख्दा राजनीतिक वा व्यक्तिको नाम राख्न नपाइने भएको छ । नगरपालिका भित्र सकेसम्म नदोहोरिने नाम र छोटो राख्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । नामहरु वडा कार्यालय, नगरपालिकाको कार्यालयमा वा इमेलबाट [email protected] बाट सुझाव पठाउन अनुरोध गरिएको छ ।’