टोखा टाइम्स, २६ पुस । अभ्यास खेलका क्रममा क्रिकेटर खुशी डंगोल घाइते भएकी छन् । बलिङ गर्ने क्रममा महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोताको बागमती प्रदेश छनोटमा काठमाडौंका कप्तान समेत रहेकी डंगोल घाइते भएकी हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य तथा काठमाडौंका अध्यक्ष दिवाकर घलेका अनुसार काठमाडौंको मुलपानी क्रिकेट खेलमैदानमा भएको प्रतियोताको छनोट खेलमा भक्तपुर विरुद्धको खेलमा जितको बलिङ गर्ने क्रममा डंगोलको दायाँ खुट्टाको घुँडामा चोट लागेको हो ।
‘कप्तान खुशीलाई क्यानले उपचार गरिरहेको छ । उनको सबै एक्स रे नर्मल रहेको भए पनि दुखाइको कारण खुशीले दुई/तीन हप्ता आराम गरेपछि मात्रै मैदान फर्किन सक्ने छिन् ‘ काठमाडौंका अध्यक्ष घलेले बताए ।
बुधबार काठमाडौं भक्तपुर विरुद्धको खेलमा काठमाडौंले ४७ रनले जितेको खेलमा कप्तान डंगोलले २९ बलमा ४५ रनको योगदान दिएकी थिइन ।