• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१६ माघ २०८१, बुधबार


    बिज्ञापन

    रोजगार मेला आयोजना गर्दे बुढानिलकण्ठ नगरपालिका

    टोखा टाइम्स, १६ माघ ।२०७८ साल देखि नियमित रूपले रोजगार मेला आयोजना गर्दे आइरहेको बुढानिलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो वृत्ति तथा रोजगार मेला आयोजना गर्ने भएको छ।“ शिक्षा , सीप र उधमसिलता रोजगारी हाम्रो प्राथमिकता “ भन्ने नारा सहित मेलामा युवा रोजगारीलाई प्राथमिकता दिएको मंगलवार पत्रकार सम्मेलन गर्दे बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामाले जानकारी गराइन्।

    आफ्नो सीप र दक्षताअनुसारको रोजगारी प्रदान गर्न, रोजगारीका लागि आवश्यक सीप सिक्न तथा आफ्ना लागि आफैले रोजगारी सिर्जना गरी व्यवसाय सुरु गर्न नगरपालिकाले वृत्ति तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको अनिताले सुनाइन।

    अनिताले भनिन्- “ अहिलेको युवा पुस्ता खासै खुशी छैनन् किशोरावस्थाका युवा घरपरिवार छाडेर विभिन्न मुलुक जाने गरेका छन्, न उनीहरु खुसी छन्, नत परिवार नै खुसी छ, त्यसकारण स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्नलाई नगरपालिकाले यस्तो योजना अघि सारेको हो।”

    मेलामा कुल ४८ वटा स्टल रहने छन्, जस मध्ये २८ वटा रोजगारदाता , ६ वटा सीप तथा तालिम प्रदायक , ३ वटा उन्नयनशील र ६ वटा श्रम स्वीकृतिसम्बन्धी जानकारी दिने र अन्य स्टलहरूले उद्यमशीलता तथा डिजिटल प्रविधि सम्बन्धी सेवा तथा सूचना प्रदान गर्नेछन् ।

    तसर्थ यस मेलामा २५ हजार भन्दा बढी युवा तथा विधार्थीले सहभागिता जनाउने अनुमान गरिएको मेलाबाट निम्न उलब्धिहरु प्राप्त हुने अपेक्षा राखिएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।

    कम्तीमा माध्यामिक तह उत्तीर्ण गरेका १०० जना युवाहरूका लागि रोजगारी प्रवर्द्धनको विशेष अवसर मिलाइने र ४०० जनालाई व्यावसायिक सीपसम्बन्धी परामर्श दिइने नगरपालिकाको योजना रहेको छ ।

    युवाहरूलाई स्वरोजगारको सम्भावना खोज्न प्रोत्साहित गर्न विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तर्क्रिया गराउने कार्यक्रमसमेत रहेको नगरपालिकाले बताएको छ ।

    नगरपालिकाले बेरोजगार युवाहरूका लागि सूचनाको पहुँच विस्तार गर्दै रोजगारी सूचना केन्द्र सञ्चालनमा ल्याइसकेको छ । यस नगरपालिकामा स्थायी बसोबास गर्ने इच्छुक व्यक्तिहरूले माघ २५ गतेभित्र अनलाइन वा वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

    Facebook Comments Box