• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२८ पुष २०७८, बुधबार


    बिज्ञापन
  • नेवाः एकता दिवस, टोखामा विविध कार्यक्रम गरी मनाइयो (भिडियो)

    टोखा टाइम्स, काठमाडौँ । १२ औ‌ं नेवाः राष्ट्रिय एकता दिवसको अवसरमा  ऐतिहासिक साँस्कृतिक नगरी टोखामा विविध कार्यक्रम गरी मनाइँएको छ ।

    साँस्कृतिक सम्वर्द्धन र पर्यटन पर्वद्धनका लागि टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिको आयोजनामा टोखाको थनेलाछिमा भएको कार्यक्रममा मौलिक परम्परागत बाजाहरुको विशेष ताल प्रस्तुति, विशेष ब्यक्तित्वहरु सम्मान, हस्तकला, कृषि, चाकु, चित्रकला, नेवारी खाजा-नास्ताको विविध स्टल प्रदर्शनी कार्यक्रमको उद्घाट कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गर्नुभएको थियो ।

    टोखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिको अध्यक्ष गणेशमान श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा टोखा, धापासी, गंगबु, मालुङ्ग झोर, साङ्गला, मनमैजु, चुनिखेलका विभिन्न दाफा तथा बाजा खलःहरुले आआफ्नो साँगीतिक प्रस्तुती गरेका थिए । साथै उक्त खलःका गुरुहरुलाई सम्मान समेत गरिएको थियो ।

    टोखा नगरपालिकाको विशेष सहयोग र नेवाः गुथि तोखाको बिशेष व्यवस्थापनमा मंगलबार सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथि टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल, १ वडाका अध्यक्ष श्रीकृष्णा अधिकारी, २ का अध्यक्ष दिपकराज जोशी, ३ वडाका अध्यक्ष सिंहराज श्रेष्ठ, ४ वडाका अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापित, टोखा मूःनाय हेमराज श्रेष्ठ, संरक्षित क्षेत्र विकास समितिका सदस्य मनिष जोशी सल्लाहकार अष्टनारायण डंगोल, बाबुलाल डंगोल, टोखा नगरपालिकाका सल्लाहकार तथा नेवाःदेय दबुका केन्द्रीय सचिव सत्यनारायण डंगोल  लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको प्रत्यक्ष प्रसारण भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

     

     

    Facebook Comments Box