टोखा टाइम्स, २३ फागुण । अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले टोखा नगरपालिकाले आयोजना गरेको दुई दिने पुर्व प्राथमिक विद्यालयस्तरीय खेलकुद कार्यक्रमको शुक्रवार सम्पन्न भएको छ ।
टोखा नगरपालिका शिक्षा शाखाको आयोजना तथा एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखाको संयोजनमा बिहिवार र शुक्रवार दुई दिन आयोजना भएको कार्यक्रमको सभापति टोखा शिक्षा, युवा तथा खेलकुद प्रमुख बाबुराम गौतम रहेको कार्यक्रमको
नगर प्रमुख प्रकाश अधिकारी, विशिष्ट अतिथि अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहोरा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो दिन आज बिहिबार कक्षा एल. केजी र यु.केजीका विद्यार्थी बीच विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो भने दोश्रो दिन शुक्रबार नर्सरीका विद्यार्थी बीच प्रतिस्पर्धा भएको थियो ।
टोखा-८ गैरी गाउँ स्थित प्रिमियर फुट सलमा भएको प्रतियोगिताको सम्पान कार्यक्रममा टोखा शिक्षा शाखा विद्यलय निरीक्षक बिजया भट्टराई, अपेन टोखा अध्यक्ष उर्मिला त्रिपाठीले प्रतिस्पर्धामा सहभागका साथै सहभागी विद्यालयलाई म्याडल तथा मायाको चिनो प्रदान गरेको थिए ।
उक्त प्रतियोगितामा टोखाको २५ मन्टेश्वरी स्कुलको सहभागिता रहेको थियो ।