टोखा टाइम्स, २७ फागुन । टोखा नगरपालिकाको वडा न. ८ र ११ जोड्ने बानियाटार जाने नव निर्मित पूलको उद्घाटन गरिएको छ । आज बुधबार एक कार्यक्रमबीच नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख बहुल्यबाट नव निर्मित पूलको उद्घाटन गरिएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख अधिकारीले करीव ३ करोड ५८ लाखको आर्थिक लागतमा निर्मित उक्त पुलले बानियाटार, जालुपाचोक हुँदै टोखा नगरपालिकाको ८,३,२,१, का प्रमुख वडाहरु लगायत टोखा छहरे देखि नुवाकोट जोड्ने (लाइफ़ लाइन) प्रमुख गन्तव्यको रुपमा रहेको टोखा, झोर, साङ्गला तथा नुवाकोट र रसुवाका जनताहरु प्रत्यक्ष वा परोक्ष रुपमा दैनिक जीवनयापन देखि व्यवसायिक रुपमा लाभान्वित हुदै प्रमुख सडक मार्गको गन्तव्यलाई उक्त पुलबाट अझ बढी सहजता प्रदान गर्ने संदेश दिएको बताउनुभयो ।
करीव १ बर्षको अवधिमा निर्माण सम्पन्न भएको पूल उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि सी, ८, ९, १० र ११ का वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, पालिकाका कर्मचारीहरु लगायत बुद्धिजीवी, समाजसेवी तथा नगरवासी जनताहरुको ठुलो उपस्थिति रहेको नगर प्रवक्ता बच्चु राज बस्याल जानकारी दिनुभयो ।