• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:११ चैत्र २०७८, शुक्रबार


    बिज्ञापन
  • टोखामा दोस्रो नेपा: उपमेयर व्याडमिन्टन कप हुने

    टोखा टाइम्स, काठमाडौँ । टोखामा चैत्र १५ देखि १८ गतेसम्म दोस्रो नेपाः उपमेयर व्याडमिन्टन कप प्रतियोगिता २०७८ आयोजना हुने भएको छ । नेपा: युवा क्लवको आयोजनामा जिल्लास्तरीय खुल्ला प्रतियोगिता हुने भएको हो । टोखा-३ भुतखेल स्थित टोखा बेकरी हाउस ड्रीम्स क्याफे एण्ड रेष्ट्रोमा पत्रकार सम्मेलन गरी आयोजकले व्याडमिन्टन प्रतियोगिताको बारेमा जानकारी गराएको छ ।

    टोखा ब्याडमिन्टन एकेडेमीको ब्याडमिन्टन हलमा नेपा: दोस्रो उपमेयर कप खुल्ला मेनस डबल (बी), (सी), र (डी) स्थानीय गरी तीन समूहका खेल हुने छ । जसमा देशका विभिन्न स्थानबाट खेलाडीहरूले सहभागिता जनाउने क्रम जारी रहेको पत्रकार सम्मेलनका क्रममा नेपाः युवा क्लबका अध्यक्ष सरोज महर्जनले बताए ।

    जिल्ला स्तरीय उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका टप २० का खेलाडीले सहभागिता जनाउन पाउनेछ ।

    “खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा १५० टिमको सहभागिता रहने क्लबका सचिव सुदर्शन श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । प्रतियोगिता राष्ट्रिय स्तरका रेफ्रीद्वारा खेलाइने समेत उनले जानकारी दिए ।

    व्याडमिन्टन प्रतियोगितामा बी समुहका प्रथमले ४० हजार नगद, द्वितीयले २० हजार नगद तथा तृतीय हुने टिमले १४ हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने बताइको छ । यसैगरी सी समुहतर्फ प्रथमले ३० हजार नगद, द्वितीयले १८ हजार नगद तथा तृतीय हुनेले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने, डी समूह स्थानीय तर्फ प्रथमले २० हजार नगद, द्वितीयले १२ हजार नगद तथा तृतीय हुनेले ८ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

    प्रतियोगिताको तयारीको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका उपाध्यक्ष सनम डंगोल, कोषाध्यक्ष सुमन डंगोल, संस्थापक अध्यक्ष सन्दिप डंगोल तथा सदस्य जमुना कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box