• टोखा टाइम्स

    • प्रकाशित मिति:१५ चैत्र २०७८, मंगलवार


    बिज्ञापन
  • ४१ औं जापानी भाषा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । नेपाल जापानिज भाषा शिक्षक संगठन (जाल्टान) ले विगत लामो समय देखि आयोजना गर्दै आएको All Nepal Japanese Language Speech Contest कोरोना महामारीको कारण यो वर्ष ४१ औं वक्तृत्वकला ZOOM Online मार्फत आयोजना गरियो ।

    जापान फाउण्डेशको प्रायोजन र नेपाल स्थित जापानी राजदुताबासको सहयोगमा जाल्टानले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिता, जापानी भाषा अध्ययनरत विद्यार्थीलाई नियामानुसार जुनियर र सिनियर समूहमा छुटाइ आयोजना गरियो । जुनियर समूहमा १२ जना र सिनियर समूहमा ९ जना प्रतिस्पर्धीको सहभागिता रहेकोको जुनियर समूहमा JLECC की शोभा दरलामी प्रथम, क्याम्पस अफ ईन्टरनेशनल ल्याङ्गयेज विश्व भाषा क्याम्पसकी दुर्गा भट्टराई द्वितिय, JLECC की करीश्मा तामाङ्ग तृतिय स्थान प्राप्त गरे । त्यस्तै सिनियर समूहमा नोरिवा ईन्टरनेशनलका सुरेश भट्ट प्रथम, JLECC की प्रबिना शाक्य द्वितिय, क्याम्पस अफ ईन्टरनेशनल ल्याङ्गयेज विश्व भाषा क्याम्पसकी शुशिला थापा मगर तृत्तिय स्थान प्राप्त गरे ।

    यस वर्ष नेपालीहरु प्रथम पटक जापान गई अध्ययन गरेको १२० वर्ष पुरा भएको उपलक्ष्यमा नेपाल स्थित जापानी राजदुताबासले विषेश पुरस्कारको ब्यवस्था गरि उक्त विषेश पुरस्कार जुनियर र सिनियर समूहमा प्रथम भएमा बिद्यार्थीलाई प्रदान गरियो । जापान फाउण्डेश नयाँ दिल्लीले ब्यवस्था गरिको विषेश पुरस्कार जुनियर तर्फ AIM Consultancy की दुर्गा सारु र सिनियर समूह तर्फ JLECC का राजन श्रेष्ठलाई प्रदान गरियो । साथै दुवै समूहका प्रथम, द्वितिय, तृतिय तथा सहभागी सम्पूणर् प्रतियोगिहरुलाई जाल्टान, नेपाल स्थित जापानी राजदुताबास, जापान फाउण्डेश नयाँ दिल्लीले ब्यवस्था गरिको सिल्ड, तक्मा, प्रमाणपत्र र पुरस्कार प्रदान गरिने छ ।

    प्रमुख अतिथि नेपालका लागी जापानी राजदुत किकुता युताका ज्यू र विषेश अतिथि जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजी ज्यू को सहभागितामा संचालन भएको कार्यक्रमका प्रमुख जर्ज नेपाल स्थित जापानी राजदुताबासका Cultural Secretory सातो मायुकोज्यू, JICA नेपाल प्रमुख ओकुवो आकिमिचुज्यू, जापान फाउण्डेश नयाँ दिल्लीका जापानिज भाषा बिज्ञ खानागाय योउकोज्यू, जापानिज एसोशियसनका डाईरेक्टर इसोइ मिहाज्यू, Japan University Almuni Association (JUAAN) का महासचिव डा. जिवन भट्टराईज्यू लगायतमा महानुभावले निर्णायकको भुमिका निर्वाह गर्न भएको थियो भने Questioner को भुमिका जाल्टान पूर्व अध्यक्ष रबिन्द्र महर्जनले निर्वाह गर्नु भएको थियो ।

    जाल्टानका उपाध्यक्ष सन्जय श्रेष्ठज्यूले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको उक्त कार्यक्रममा जाल्टानका अध्यक्ष मनिष श्रेष्ठज्यूले धन्यबाद मन्तब्यका साथै नेपालको जापानी भाषाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साथै  जापानी राजदुत किकुता युताकाज्यू, जापान फाउण्डेश नयाँ दिल्लीका प्रमुख सातो कोजीज्यूले पनि जापानी भाषा र समसामहिक अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । उक्त प्रतियोगिता जाल्टानको YouTube Channel मा गई हेर्न सकिन्छ ।

    Link: https://youtu.be/pU-1FY_tfhE

    Facebook Comments Box