• टोखा टाइम्स

    • प्रकाशित मिति:१५ चैत्र २०७८, मंगलवार


    बिज्ञापन
  • चण्डेश्वरी माध्यामिक विद्यालयलाई टोखा भगवती सहकारीको आर्थिक सहयोग

    टोखा टाइम्स, काठमाडौँ ।टोखा भगवती बचत तथा ऋण सहकारी संस्थ लिमिटेड टोखाले श्री चण्डेश्वरी माध्यामिक विद्यालयलाई पच्चास हजार रुपौँया सहयोग गरेका छन् । टोखा भगवती बचत तथा ऋण सहकारी संस्थ लिमिटेडका शिक्षा उप समिति संयोजक बालकृष्ण श्रेष्ठले विद्यालय व्यवस्थापन समिति तथा टोखा-२ का वडाध्यक्ष दिपकराज जोशीलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

     

    २०२० सालमा स्थापना भएको विद्यालयले स्थापना काललेदेखिनै भौतिक पुर्वाधार र शिक्षकशिक्षिकाको अभाव खेपिदै आइरहेको अवस्थामा त्यसको व्यवस्थापनका लागि विद्यालयको नाममा स्थापना गरिएको अक्षयकोषका लागि मंगलबार सहकारी संस्थाका अध्यक्ष लक्ष्मी नारायण डंगोल, सचिव दिपेन्द्र डंगोल, ऋण समितिका संयोजक युथ महर्जन, शिक्षा उप समिति संयोजक बालकृष्ण श्रेष्ठ, सदस्य निरञ्जन डंगोलको समूहले विद्यालयका प्रधानाध्यापक गोपाल कार्कीको उपस्थिमा विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई रकम हस्तान्तरण गरेका हुन् ।

     

    सहकारी संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयलाई सो रकम सयोग गरेको हो । सहकारीले वर्षेनि शिक्षा क्षेत्रमा गरिव तथा जेहेन्दार छात्रछात्राका लागि छात्रावृत्ती समेत दिँदै आइरहेको छ ।

    Facebook Comments Box