• दोस्रो नेपा: उपमेयर व्याडमिन्टन कप शुभारम्भ

    टोखा टाइम्स, काठमाडौँ । दोस्रो नेपाः उपमेयर व्याडमिन्टन कप प्रतियोगिता २०७८ आज (मंगलबार)देखि शुभारम्भ भएको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलित गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

     

    “खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा खुल्ला मेनस डबल (बी), (सी), र (डी) स्थानीय गरी तीन समूहका खेल समाबेश गरिएको नेपाः युवा क्लवका अध्यक्ष सरोज मर्हजनले बताए ।

    तस्वीरः सुक्रम श्रेष्ठ (टोखा फोटो स्टुडियो)

    जिल्ला स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगितामा बी समुहका प्रथमले ४० हजार नगद, द्वितीयले २० हजार नगद तथा तृतीय हुने टिमले १४ हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी सी समुहतर्फ प्रथमले ३० हजार नगद, द्वितीयले १८ हजार नगद तथा तृतीय हुनेले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । भने, डी समूह स्थानीय तर्फ प्रथमले २० हजार नगद, द्वितीयले १२ हजार नगद तथा तृतीय हुनेले ८ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

     

    क्लवका अध्यक्ष सरोज मर्हजनको सभापतित्व भएको  प्रतियोगितामाको उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, टोखा ब्याडमिन्टन एकेडेमीका अध्यक्ष धर्मेन्द्र श्रेष्ठ तथा क्लवका पदाधिकारीहरु लगायतको उपस्थितिरहेको थियो ।

    टोखा ब्याडमिन्टन एकेडेमीको ब्याडमिन्टन हलमा आयोजित उक्त प्रतियोगिता चैत्र १८ गतेसम्म चल्ने छ ।

    Facebook Comments Box