• टोखा टाइम्स

    • प्रकाशित मिति:१६ चैत्र २०७८, बुधबार


    बिज्ञापन
  • स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभिमुखिकरण प्रशिक्षण सम्पन्न

    टोखा टाइम्स, काठमाडौँ । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन समबन्धि प्रदेश अस्पतालमा कार्यरत कर्मचारीहरुलाई अभिमुखिकरण कार्यक्रम अन्तरगत तीन दिने प्रशिक्षण सम्पन्न भएको छ । प्रदेश सरकार स्वस्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, वागमती प्रदेशको आयोजनामा टोखा चण्डेश्वरी अस्पतालमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन समबन्धि अभिमुखिकरण प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

     

    टोखा चण्डेश्वरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यूथ महर्जनको सभाध्यक्षमा मंगलबार तीनदिने प्रशिक्षण समापन कार्यक्रममा प्रमखु अतिथि स्वास्थ्य निर्देशनालय वागमती प्रदेश हेटैडा प्रमुख  महेश्वर श्रेष्ठ रहेका थिए । त्यस्तै विशेष अतिथि टोखा नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष दिपक राज जोशी वडा सदस्य पञ्च कुमारी श्रेष्ठको उपस्थिति रहेको थियो ।

     

    प्रशिक्षण कार्यक्रम चैत्र १३ गतेदेखि १५ गतेसम्म टोखा चण्डेश्वरी अस्पताल भवनमा सञ्चालन भएको थियो ।

    Facebook Comments Box