• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१७ चैत्र २०७८, बिहीबार


    बिज्ञापन
  • अन्तर माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स । टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा अन्तर माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । टोखा नगरपालिका २ र ३ का ७ वटा विद्यालयहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

     

    आफ्नो वडा कार्यालयले विध्यार्थीहरुलाई लक्षित गर्दै  विध्यार्थीहरुको बौद्धिक क्षमता बढाउने, नेतृत्व विकास गराउने, सचेतना जगाउने जस्ता बालबालिका लक्षित विविध कार्यक्रमहरु गर्दै आइरहेको भन्दै माध्यमिक तहका विध्यार्थीहरुलाई ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम आयोजक तथा प्रतियोगिता समापन समारोहका सभापति टोखा २ वडा कार्यालयका अध्यक्ष दिपकराज जोशीले जानकारी दिनुभयो ।

     

    चैत्र १६ गतेबाट सुरु भएको दुई दिने उक्त प्रतियोगितामा छात्र र छात्रा गरी छुट्टाछुट्टै प्रतियोगिताको आयोजना गरिएको थियो ।

     

    प्रतियोगितामा छात्र तर्फ इड्यु समिट इङ्गलिस स्कुल, सरस्वती माध्यामिक विद्यालर र लक्ष्मीपुर इङ्गलिस स्कुल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । भने, छात्रा तर्फ ओएसिस पब्लिक एकेडेमी, इड्यु समिट इङ्गलिस स्कुल र न्यू मालाश्री इङ्गलिस स्कुल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोले क्रमशः प्रथम, द्वितीय र तृतीय हुने दुबै टिमलाई नगद १४ हजार ११ हजार र ९ हजार सहित ट्रफ्री, म्याडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

     

    कार्यक्रममा वोल्दै प्रमुख अतिथि टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोले हाजिरीजवाफ एक बौद्धिक खेल भएकोले हाल नेपालका विद्यालय तथा कलेजमा यस्तो प्रकारको प्रतियोगिताको लोकप्रियता बढ्दो क्रममा रहेको बताउनु भयो । साथै यस्तो प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उहाँको धारणा थियो ।

     

    विध्यार्थीहरु देशका भविष्यका कर्णधार भएकोले उनीहरुको बौद्धिक क्षमता पनि बढाउन आवश्य रहेको भन्दै विध्यार्थीहरुको बौद्धिक क्षमता बढाउन वडा कार्यालयले माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको वडा सदस्य हेराकाजी डंगोलले कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा बताउनु भयो ।

     

    उक्त प्रतियोगितामा श्री चण्डेश्वरी माध्यामिक विद्यालय, लक्ष्मीपुर इङ्गलिस स्कुल, गणेश इङ्गलिस स्कुल, ओएसिस पब्लिक एकेडेमी, श्री सरस्वती माध्यामिक विद्यालय, इड्यु समिट इङ्गलिस स्कुल र न्यू मालाश्री इङ्गलिस स्कुलले सहभागिता जनाएका थिए । वडा कार्यलय सहायक पार्वती श्रेष्ठले हाजिरीजवाफ प्रतियोगिता संचालन गर्नुभएको थियो ।

    वडा कार्यालय भवन प्राङ्गणमा भएको समापन कार्यक्रममा वडा सदस्य पञ्चकुमारी श्रेष्ठ, प्रतिमा हिङमाङ, वडा सचिव शालिकराम गौतम, कार्यालय सहायक राजन सेदाइ तथा विद्यालयका प्रतिनिधि शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

     

    Facebook Comments Box