• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:५ बैशाख २०७९, सोमबार


    बिज्ञापन
  • सत्ताघटक ५ दल विरुद्ध ७ दल भेला पार्दै ओली ! सत्ता गठबन्धनलाई पराजित गर्ने यस्ता छन रणनीति

    काठमाडौँ । प्रतिपक्षी नेकपा एमाले जोडतोडका साथ अघि बढिरहँदा सत्ताघटकहरुमा भने अझै वार्गेनिङ गरेर ठुलो हिस्सा हत्याउने प्रतिस्पर्धा सकिएको छैन । आफू्लाई प्रतिगमनको मतियारको संज्ञा दिने पाँच दलीय गठबन्धनका विरुद्ध भिड्न सात दलिय गठबन्धन बनाएका ओलीले पार्टी प्रवेशलाई तीव्र बनाएका छन । कुन अवस्थामा छ त सत्ता घटकको तालमेल र सामनामा ओलीको रणनीति ?

    नेपालीको राजनीतिको खराव पक्षको कुरा गर्दा कम्युनिष्ट विकल्प कांग्रेस र कांग्रेसको विकल्प कम्युनिष्ट हुनु रहेको बहसकै विषय बन्ने गरेको छ । तर यो पटक भने यसलाई परिमार्जन गर्दै प्रतिगमन विरुद्ध अग्रमनको लडाईको रुपमा अथ्र्याउन नेताहरु व्यस्त देखिएका छन । अर्थात् केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको भन्दै त्यसको विरुद्धमा पाँच दल एक ठाँउमा आएर गठबन्धन गरेका छन् ।

    यहि गठबन्धन आवद्ध दल ओलीलाई स्वाद चखाउने उदेश्यका साथ चुनावमा समेत तालमेलका साथ जाने निर्णय गरेका हुन । तर उनीहरु लागि भने यो भालूको कम्पट बन्दै गएको छ । दलभित्रको आन्तरिक तथा गठबन्धनभित्रको अन्तरदल अन्र्तविरोधका कारण देशभर माहोल विग्रदै गएको छ । एकले अर्काको अस्तित्वसम्म नस्वीकार्ने अवस्थामा पुगेका उनीहरु पद वार्गेनिङमै अल्झिरहेका छन् ।

    यहिबीचमा कुनै पनि महानगर नछोड्ने दवावमा कांग्रेसमा बढेको छ भने एकीकृत समाजवादीले एमालेले विगतमा जितेका स्थानमा आफ्नो स्वभाविक दावी रहेने बताएको छ । आफू बलियो रहेको ठाँउमा एक्लै लड्ने भन्दै जसपा अघि बढ्दा गठबन्धनको बैठकलाई रोकेर पत्रकार सम्मेलनमा एक्लै चुनाव लड्ने घोषणा गरेर माओवादी अध्यक्ष पुष्पकल दाहालले घुर्की लगाएका छन् ।

    भागबन्डामा आफूले चाहेअनुसार सिट भएन भने गठबन्धन टुट्न सक्छ भन्ने संकेत गरेका उनले एक्लै जाने गरी तयारी थालेको त तीन महिना भईसकेको दाबी गरेका छन । अर्थात गठबन्धन आवद्ध पाँचै दलभित्र एक मत नहुदाँ सत्तागठबन्धन अलमल मै परिरहेको छ ।

    पहिले महानगर र उपमहानगरमा सहमति भएपछि त्यही आधारमा नगरपालिका, गाउँपालिका र वडा टुंगो लगाउने तयारीका साथ युद्धस्तरमा लागेका उनीहरुको प्रयासले अझै दिनेको सकेको छैन । अर्कातर्फ गठबन्धनभित्र कुरा नमिल्दा स्थानीय तह बाँडफाँट भएपनि चुनावमा मत दिने कुरामा अन्तर्घात हुने चिन्ता गठबन्धनका दलहरु कायमै छ ।

    यता नेकपा एमालेले भने एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्न सम्पूर्ण शक्ती खर्च गरिरहेको छ । गठबन्धनभित्रको अन्तद्धन्दले हौसिएको एमालेले पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको छ ।

    कमल थापा नेतृत्वको राप्रपा नेपाल, एकनाथ ढकालको परिवार दलसँग तालमेल गर्ने सहमति गरिसकेको एमालेले काँग्रेसको असन्तुष्ट गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने पक्का गरिसकेको छ । यता महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लवको नेकपा, नारायणमान बिजुक्छेको नेमकिपा र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई पनि समेट्ने तयारीमा एमाले छ ।

    त्यस्तै आफ्ना कामको प्रचार र विपक्षीको भण्डाफोर गर्ने रणनिति लिएको एमालेले पार्टी प्रवेशलाई प्राथमिकतामा राखेको छ । जसका लागि देश दौडाहामा रहेका अध्यक्ष ओलीले विपक्षी गठबन्धनको अन्तरविरोधमा समेत खेलिरहेका छन् ।

    नजिकको प्रतिस्पर्धा गर्न माओवादी केन्द्रसहित गठबन्धनका पार्टीबाट निर्वाचित लोकप्रिय प्रमुख र उपप्रमुखलाई भित्र्याएर टिकट दिने कार्यलाई समेत अघि बढाएका ओलीले आफूहरुलाई कुनै शक्तीले पराजित गर्न नसक्ने बताउन थालेका छन ।

    आफू एक्लै एमालेसंग लड्न नसक्ने भन्दै कांग्रेस सभापती शेरबहादुर देउवाले कमजोर मनस्थिती देखाँईरदाँ ओली भने आत्मविश्वास वृद्धिमा निरन्तर लागि परेका छन । त्यस्तै सत्ता घटकभित्रै अविश्वास बढेर माधवकुमार नेपाल–प्रचण्ड र उपेन्द्र यादवहरुले छुट्टै छलफल नै थाल्दा एमालले भने एक ढिक्का भएर अघि बढेको छ ।

    कांग्रेसभित्र विद्रोहको राँगो बल्दा समेत एमालेमा अन्तुष्ट भएकाहरुले भने रुन बाहेक विद्रोह नै गर्न भने आट गरेका छैनन् । जुन सत्ता घटकका लागि कडा चुनौती देखिएको छ ।

    Facebook Comments Box