काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाएको छ ।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।
त्यस्तै काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई अघि सारेको छ ।
त्यस्तै हेटौंडा उपमहानरपालिकामा मेयरका रुपमा मीना लामा, इटहरी उपमहानगरपालिकाको मेयरमा केशव विष्ट, बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगरको उपमेयरमा जोगबहादुर रानाको नाम टुंगो लगाएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।