• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२२ बैशाख २०७९, बिहीबार


    बिज्ञापन

    रजनी र मुरारीको प्रतिबद्धता : घर–घरमा स्वास्थ्य सेवादेखी टोखाको चाकुको व्यवसायीकरणसम्म

    काठमाडौं– टोखा नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार रजनी थापा र उपमेयरका उम्मेदवार मुरारी तामाङले मतदाता समक्ष आफ्नो प्रतिबद्धता पत्रलाई अन्तिम रुप दिएका छन् । उनीहरुको प्रतिबद्धतामा कृषि विमादेखी कौशी खेतीसम्म समेटिएको छ । सडक खानेपानी जस्ता अत्याश्यक पूर्वाधारका कार्यक्रमलाई घोषणापत्रमा समेटिएको छ । विपन्न र आर्थिक अवस्था कमजोर भएका वर्गलाई स्वास्थ्य र शिक्षामा विशेष जोड दिइएको छ । आन्तरिक पर्यटनदेखी मठमन्दिरको संरक्षणलाई घोषणापत्रले जोड दिएको छ ।
    घोषणापत्रले घर–घरमा स्वास्थ्य सेवा पु¥याउनेदेखी खुल्ला जिमखानाको परिकल्पना गरेको छ । मौलिक भेषभुषा, खानपान र टोखाको चाकुको व्यवसायीकरणलाई समेत घोषणापत्रमा समेटिएको छ ।
    घोषणाको पूर्णपाठ यसप्रकार छ ।

    भौतिक पूर्वाधार तथा शहरी विकास योजना
    – नगर भित्रका सडकहरुको स्तरउन्नती गर्ने ।
    – स्वस्थ खानेपानी घरघरमा पु¥याउन कार्ययोजना तयार पारी लागु गर्ने ।
    – घर निर्माणका मापदण्ड कढाइका साथ लागु गरी प्रभावकारी अनुगमन गर्ने ।
    – सामुदायिक भवनहरुको संरक्षण र आवश्यकता अनुसार निर्माण गर्ने ।
    – सार्वजनिक शौचालयको निर्माण गरी समुदायको व्यवस्थापनमा सञ्चालन गर्ने ।
    – निर्माण कार्यमा संलग्न ठेकेदारको दर्ता गरी श्रमिकको पेशागत र भौतिक सुरक्षा निर्देशिका तयार पारी लागु गर्ने ।
    – साना सार्वजनिक साधनको पार्किङ स्थल पहिचान गरी व्यवस्थीत गर्ने ।
    – सडक पेटीलाई व्यवस्थीत गरी सडक अतिक्रमण रोक्ने ।

    कृषि
    -कृषि विमा गर्ने
    – घरघरमा कौशी खेती प्रर्वधन गर्न तालिम तथा अनुदानको व्यवस्था गर्ने ।
    -कृषकलाई अनुदान तथा सहुलियत प्रदान गर्ने ।
    – मलखाद, विउविजनको व्यवस्थागरी कृषि उपजको बजारीकरण गर्ने ।
    -व्यवस्थीत तरकारी तथा फलफुल बजार स्थापना गर्ने ।

    स्वास्थ्य
    – स्वास्थ्य केन्द्रहरुको स्तरउन्नती गर्ने ।
    – महामारी नियन्त्रणका लागि छुट्टै कोष स्थापना गर्ने ।
    -एम्बुलेन्सको व्यवस्था गर्ने
    – स्वास्थ्य केन्द्र तथा अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने ।
    – जेष्ठ नागरिक, विपन्न तथा बालबालिकाको स्वास्थ्य उपचारको लागि छुट्टै कोष स्थापना गरी लागु गर्ने ।
    – नगरपालिकाको समेत सहभागीतामा स्वास्थ्य विमा योजना सञ्चालन गर्ने ।
    – दीर्घ रोग तथा गम्भिर रोगको उपचारमा सहुलियत प्रदान गर्ने ।
    – जेष्ठ नागरिक, दीर्घ रोग र अशक्तहरुका लागि घरघरमा मोबाइल नरसिङ सेवा प्रदान गर्ने व्यवस्था गर्ने ।

    – स्वास्थ्य स्वंयम सेविकाहरुको क्षमता अभिवृद्धि र प्रभावकारी परिचालन गर्ने ।

    कला, संस्कृति र पर्यटन

    – नगरपालिका भित्रको मठमन्दिर, पार्टी, पौवा, पोखरीको जीर्णद्धार गर्ने ।
    – जात्रा, पुजाआजा, रितिरिवाजको संरक्षण र स्वामित्व ग्रहण गर्ने ।
    – एतिहासिक तथा पर्यटकिय क्षेत्रको विकास गरी आन्तरिक पर्यटन प्रर्वद्धनमा विशेष कार्यक्रम गर्ने ।
    -टोखाको चाकु, मौलिक नेवारी खानाको प्रर्वद्धन र व्यवसायीकरणमा कार्ययोजना तयार पारी लागु गर्ने ।
    – कृषि पर्यटन र होमस्टेका कार्यक्रम लागु गर्ने ।
    -हाइकिङ रुटको विकास गर्ने ।

    वातावरण संरक्षण तथा सरसफाई
    – प्राकृतिक सम्पदाको संरक्षण गर्ने ।
    – खुला ठाउँको संरक्षण गरी समुदायको हितमा पूर्वाधार निर्माण गर्ने ।
    – पार्कहरुको संरक्षण गर्दै नयाँ पार्क निर्माण गर्ने ।
    – नदीहरुको सफाई र संरक्षणमा क्रियाशिल रहने ।
    – घरघरमा विरुवा रोप्ने अनिवार्य गर्ने ।
    -नगरको फोहोर व्यवस्थापनलाई विशेष कार्ययोजना लागु गर्ने । घरमा व्यवस्थापन गर्न सकिने फोहोर घरमै व्यवस्थापन गर्न प्रेरित गर्ने ।
    – सार्वजनिक स्थानमा फोहोर राख्न डस्टवीनहरुहरु राख्ने ।
    – स्थानिय खोला तथा नदीको दोहोन पूर्णरुपमा रोख्ने ।
    – जलबायु परिर्वतनको असरलाई कम गर्न योजना अघि बढाई हरियाली बृद्धि गर्ने ।

    शिक्षा तथा खेलकुद
    – नगर क्षेत्र भित्रको सबै सामुदायिक विद्यायलको शैक्षिकस्तर बृद्धि गरी उदाहरणिय बनाउने ।
    – गरिब तथा विपिन्न बालबालिकाको लागि छात्राबृत्ति कोष सञ्चालन गरी शिक्षाको अधिकार सुनिश्चत गर्ने ।
    – निजी विद्यालयमा अनिवार्य छात्राबृत्तिकोे व्यवस्थालाई कार्यान्वयन गराउने र अनुगमन गर्ने ।
    – सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रविधिमैत्री बनाउँदै व्यवसायीक शिक्षामा जोड दिने ।
    – टोखाको भूतखेललाई विशेष खेल क्षेत्र घोषणा गरी गुरु योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
    – सबै वडामा खुला व्यायामशाला निर्माण गर्ने ।
    – खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने र राम्रा खेलाडी उत्पादन गरी प्रोत्साहन गर्ने ।

    सुशासन र सेवा प्रवाह
    – स्मार्ट नगरपालिकाको अवधारणा अघि बढाउँदै पूर्ण सुशासनको प्रत्याभुति गर्ने ।
    – सेवाग्राहीको गुनासा सुनी तत्काल समाधान गर्न संयन्त्रको विकास गर्ने ।
    – कार्यालयलाई प्रविधियुक्त बनाई सहजसेवा प्रवाह गर्ने ।
    – करको दायरा फराकिलो पारी करको दायरा घटाउन योजना तयार पारी लागु गर्ने ।
    – घर नम्बर डिजिटल (House Code) निर्धारण गरी Digital Maping गरी घर ठेगाना सहजै पहिचान गर्न सकिने व्यवस्था गर्ने ।
    – बजार व्यवस्थापन र अनुगमन प्रभावकारी बनाउने ।
    – नगर क्षेत्रका भुमिहिन र सुकुम्बासीका समस्याका समस्यालाई सम्बन्धीत आयोग र निकायसंग समन्वय गरी व्यवस्थापन गर्ने ।
    – नगरपालिकाको खर्च मितव्ययी बनाई पारदर्शी गर्ने ।
    – नगरपालिकाका सबै कामलाई जनताले थाहा पाउने गरी सुचनाको हकको पूर्ण प्रत्याभुति गर्ने ।

    सुचना तथा सञ्चार
    – नगरपालिका भित्रबाट सञ्चालित सञ्चार माध्यमको अभिलेख राखी सहकार्य गर्ने ।
    – नगरका काम कारबाही सञ्चारका विभिन्न माध्यमबाट नगरबासीलाई सुसुचित गर्ने ।
    – सार्वजनिक तथा महत्वपूर्ण स्थलमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने ।
    – नगरका महत्वपूर्ण ठाउँमा डिटिजल सुचना बोर्ड राख्ने ।
    – नगरभित्र बसोबास गर्ने, सञ्चारकर्मी पेशाकर्मी, बुद्धिजीविहरुसंग नियमित अन्तरक्रिया गर्ने ।

    न्याय निरुपण
    – नगरपालिकामा कानुनी रुपमा व्यवस्था भएको न्यायिक समितिबाट कार्य क्षेत्र भित्र पर्ने ११ किसिमका न्यायिक निरुपणलाई प्रभावकारी र निश्पक्ष बनाउने ।
    – न्यायीक निरुपणको कार्यलाई समयानुकुल परिमार्जन गरी कार्य सम्पादन गर्ने ।

    सामाजिक क्षेत्र
    – नगर भित्रका जेष्ठ नागरिक, एकल महिला, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि विशेष राहत तथा सुविधाको व्यवस्था गर्ने ।
    -नगर क्षेत्र भित्र रहेको संघसंस्था, क्लव, गुठि आदीलाई सहयोग तथा प्रोत्साहन गर्ने ।
    – नगर भित्र प्रचलनमा रहेका भाषा, रितिरिवाज, चाढपर्व, जात्रा भेषभुषा खानपानको संरक्षणका लागि क्रियाशिल रहने ।
    – नगरपालिका आफैले कपडा बैंकको स्थापना गरी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई वितरण गर्ने ।
    – नगर क्षेत्र भित्र रहेको घरेलु श्रमिक र बाल श्रमिकको तथ्याङ्क संकलन गरी उनीहरुको श्रम अधिकार रक्षा गर्न नीति निर्माण गरी लागु गर्ने ।

    अन्त्यमा
    – नगरबासीको हितमा उपलब्ध स्रोत र साधनको प्रयोग गरी सुविधा सम्पन्न, मौलिक र जीवन्त नगरपालिका बनाउन नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन हुन सम्पूर्ण आदरणिय मतदाता ज्युहरुमा हार्दिक अपिल गर्दछु ।

    Facebook Comments Box