काठमाडौं । स्थानीय सरकारको नयाँ नेतृत्व चुन्न शुक्रबार देशभरका मतदाता निर्वाचनमा सहभागी भएका छन् । विहान ७ बजेदेखि सुरु भएको मतदान टोखा नगरपालिकामा शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भइरहेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको ।
मतदान केन्द्रमा विहानै मतदाताको लामो लाइन थियो, दिउँसोदेखि मतदान केन्द्रम भीड कम हुँदै गएको छ । पहिलो पटक मतदान गर्ने युवा मतदातादेखि वृद्धवृद्धासमेत उत्साहपूर्ण रुपमा मतदानमा सहभागी भएका छन् ।
टोखा नगरपालिका ४० वटा मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भइरहेको छ। टोखा नगरपालिकामा कुल ३४,६७६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तस्वीरमा हेर्नुहोस्