काठमाडौँ । टोखा नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ ।
टोखा नगरपालिका वडा नम्वर १ को ६ सय मत गणना हुँदा नगर प्रमुखमा नेकपा( एमाले) का प्रकाश अधिकारीले २ सय ४४ मत ल्याएर अग्रता लिएका छन् । यस्तै काँग्रेसका रजनी थापाले १ सय ७९ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शेखर श्रेष्ठले ८० मत ल्याएका छन् ।
नगर उपप्रमुखमा नेकपा (एमाले)की ज्ञानमाया डंगोलले २१४, काँग्रसका मुरारी तामाङ्ग १७० , माओवादीकी १२ मत ल्याएकी छिन् ।
वडाध्यक्षमा नेकपा (एमाले) पञ्चलाल डंगोलले १८२ मत ल्याएका छन भने काँग्रेसका रमेश कुमार लामिछानेले १३९ मत प्राप्त गरेका छन् ।