• टोखा टाइम्स

    • प्रकाशित मिति:३१ बैशाख २०७९, शनिबार


    बिज्ञापन
  • टोखा नगरपालिका-३ को मतगनणा शुरु, एमाले अग्रस्थानमा

    काठमाडौँ । टोखा नगरपालिका वडा नम्वर ३ को  मतगनणा शुरुभएको छ । पहिलो चरणको मतगनणाको परिणाम अनुसार नगर प्रमुखमा नेकपा( एमाले) का प्रकाश अधिकारीले १ सय ९१ मत ल्याएर अग्रता लिएका छन् । यस्तै काँग्रेसका रजनी थापाले १ सय ३ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शेखर श्रेष्ठले २५ मत ल्याएका छन् ।

    नगर उपप्रमुखमा नेकपा (एमाले) की ज्ञानमाया डंगोलले १ सय ८०, काँग्रसका मुरारी तामाङ्गले ११८ र माओवादीकी यमुना पुडासैलीले २४ मत ल्याएकी छन् ।

    वडाध्यक्षमा नेकपा (एमाले) रमेश डंगोलले १ सय ९६ मत ल्याएका छन् भने काँग्रेसका रमेश जोशीले ८९ मत प्राप्त गरेका छन् ।

    यस्तै माओबादीका नवीन कुमार डंगोलले ३७ मत प्राप्त गरेका छन्।  नेमकिपाका किरण  डंगोलले २७ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका पुनलाल श्रेष्ठको २८ मत रहेको छ ।

    ताजा अपडैटको लागि यहाँ क्लिक गर्नुहोस्

    Facebook Comments Box