• नवदुर्गा नाच अक्षयकोषको संस्थापना, कसले कति सहयोग गरे

    टोखा टाइम्स, काठमाडौँ । भक्तपुरको नवदुर्गा देवगण नाच सञ्चालन तथा व्यवस्थापनको लागि अक्षयकोषको संस्थापना गरिएको छ ।

    टोखा र भक्तपुर बीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई जोड्ने नाचको रुपमा रहेको नवदुर्गा देवगण नाच सञ्चालन तथा व्यवस्थापन गर्न नवदुर्गा देवगण नाच व्यवस्थापन समिति, तोखाले अक्षयकोष संस्थापनको कार्य थालेको हो ।

    अक्षयकोषको लागि स्थानीय सरकार टोखा नगरपालिका वडा नं.२ र ३ ले पाँच / पाँच लाख सहयोग गरेका छन् । त्यस्तै, अक्षयकोषका लागि टोखा नगरपालिका ३ वडाका अध्यक्ष रमेश डंगोलले नगद रु. १ लाख २५ हजार सहयोग गरेका छन् । टोखा सम्पदा संरक्षण दबूका अध्यक्ष मनिराज डंगोलले रु. १ लाख ५ हजार र नेवाः गुथि तोखाका निवर्तमान अध्यक्ष तथा वर्तमान आर्थिक सल्हाकार देवराज डंगोलले १ लाख १ हजार रकम सहयोग गरेका छन् ।

    अक्षयकोषको लागि टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ ५०,०००/- र रोहिणी प्रसाद चौलागाई (मोर्गन कलेज बोर्ड सदस्य)ले ५५,०००/- आर्थिक सहयोग गरेका छन् ।

    नियमित रुपमा बर्षको एक पटक टोखामा प्रदर्शन गर्दै आईराखेको यो देवगण नाच विभिन्न कारणले स्थगित भएको ३३ वर्ष पछि पुनः सम्बन्ध विस्तारसँग सभ्य र भव्य रुपमा सञ्चालन गर्न आवश्यक रकम संकलन गरी अक्षयकोषको निर्माण गर्ने कार्य अगि बढाएको नवदुर्गा देवगण नाच व्यवस्थापन समिति, तोखाका आर्थिक संयोजक देवराज डंगोलले बताउनु भयो ।

    आर्थिक संयोजक देवराज डंगोलले भने – ‘संस्कृति संरक्षण तथा निरन्तरताका लागि मनदेखि आफुले सकेको आर्थिक सहयोग गर्नेहरु बढिरहेको छ । उहाँहरुलाई विशेष धन्यबाद दिन चाहान्छु साथै अक्षकोषको लागि सहयोग गर्न इच्छुक सबैमा अनुरोध गर्दछु ।’

    तान्त्रिक विधिबाट शरीरमा देवशक्ति प्रतिष्ठापन भएको अनुभूति गरी नाचिने भक्तपुरको ऐतिहासिक एव‌ं साँस्कृतिक महत्त्वको नवदुर्गा देवगणको नाच टोखामा यही पौष ८ देखि १० गतेसम्म प्रदर्शन हुने भएको छ ।

    Facebook Comments Box