टोखा टाइम्स, १६ मंसिर । टोखा नगरपालिकाले आफ्नो स्थापना दिवस पारेर विभिन्न क्षेत्रमा योगदान गर्ने टोखा नगरबासिलाई सम्मानित गरेको छ ।
नगरपालिकाले विद्यावारिधि, स्नातकोत्तरमा गोल्डमेडलिसष्ट, राष्ट्रिय खेलाडी, विद्यालय, साहित्यकार, हिमाल आरोही, शिक्षा, स्वास्थ्य लगायत विभिन्न क्षेत्रबाट टोखा नगरपालिकाको गौरव र नाम राख्न सफल ७० जनालाई सम्मानित गरेको हो ।
टोखा नगरपालिकाको ११ अौं स्थापना दिवसको अवसरमा नगर गौरव सम्मानबाट ग्राण्डी अन्तरास्ट्रिय अस्पताल सम्मानित भएको छ । स्वास्थ्य सेवातर्फको नगर गौरव सम्मानबाट ग्राण्डी सम्मानित भएको हो । त्यस्तै गरि, विद्यावारिधितर्फ प्रा.डा. रामकृष्ण दुलाल (सर्वोत्कृष्ट जनस्वास्थ्य ) स्नातकोत्तरमा सर्वोत्कृष्ट, डा. दिपेन्द्र श्रेष्ठ (माइक्रोवायोलोजि), डा.प्रवेशराज जोशी (फिजिक्स), डा. लक्ष्मीकान्त पौडेल (समाजशास्व), डा. नारायण सत्याल (समाजशास्व), डा. विष्णु प्रसाद तिमिल्सीना (अर्थशास्व), डा.मिलन दुगौना तिमिल्सीना (व्यवस्थापन), डा. सुदनराज पन्थी विद्यावारिधि सिभिल इन्जिनियरिङ्ग, डा. चिरन्जिवि आचार्य (समाजशास्त्र), डा. विजय लिम्बु ( मेडिकल साईन्स), डा. ठाकुर प्रसाद तिवारी (कृषि), डा. धिरेन्द्र प्रसाद कोईराला (वैदेशिक लगानी), डा.विजय सिजापति (कानुन), डा.बुद्धि सागर पौडेल (वन तथा बन्यजन्तु), डा.शैलेन्दु प्रकाश नेपाल (नेपाली साहित्य), डा.प्रमोद काफ्ले (बायोटेक्नोलोजी), डा.हरिदर्शन श्रेष्ठ (सिभिल ईन्जिनियरिङ्ग), डा.सावित्री कुमारी अर्याल (जनप्रशासन), डा.शेषकान्त अर्याल (फिजिक्स), डा. मेघराज ढकाल (शिला), डा.गोविन्द नेपाल (अर्थशास्त्र), डा. प्रेमराज सिलवाल (राजनीति शास्त्र), डा. अच्यूतम लामिछाने (स्पोर्ट), प्रा.डा. महेन्द्र शर्मा (जनसंख्या अध्ययन), डा. विष्णु प्रसाद पाण्डे (सिभिल ईन्जिनियरिङ्ग), डा. हरि प्रसाद अधिकारी (जनप्रशासन), प्रा.डा. राम शरण पाठक (जनसंख्या अध्ययन), प्रा.डा. रमेशराज कुँवर (मानवशास्त्र), डा. दामोदर पुडासैनी (लेखापरीक्षण सबैभन्दा पहिलो), प्रा.डा. दुर्गामणी गौतम (कृषि), डा. कोपिला पोखरेल (लिडरसिप), डा. एक बहादुर राना (बन विज्ञान) र डा.दिवस पौडेल (मेडिकल साईन्स) लाई सम्मान गरिएको थियो ।
स्नातकोत्तर गोल्डमेडिलिसष्टतर्फ अभिनव आचार्य (राजनीति शास्त्र), बिमला काफ्ले (ग्रामिण विकास वि वि),
डा.सुमन खनाल (स्नाकोत्तर सर्जरी विषय), युवराज अर्याल (कृषि) र डा अभिषेक राज सिंह (मेडिकल साइन्स) नगर गौरव पुरस्कारबाट सम्मान गरिएको थियो ।
त्यस्तै, खेलकुडतर्फ अर्जुन पण्डित (अलम्पियन १९८४),साजन डंगोल (गिनिज वर्ल्ड रेकर्ड), खुशी डंगोल (महिला राष्ट्रिय क्रिकेट) सुमित्रा डंगोल (गोल्ड मेडलिष्ट, सेपाक ताको), रोसन तामाङ (गोल्ड मेडलिष्ट, सेपाक ताक्रो), काश्मी भट्टराई (गोल्ड मेडलिष्ट, रोलर स्केटिङ्ग) शुशिला थापा (काभा भलिवल च्याम्पियन, २०२४) नगर गौरव पुरस्कारबाट सम्मान गरिएको थियो ।
सगरमाथा आरोहि सुवेर श्रेष्ठ, वरिष्ठ साहित्यकार नयनराज पाण्डेय, वरिष्ठ हास्य कलाकार सन्तोष पन्त, श्री देउराली जनता फर्मास्यूटिक, फ्लोरोसेन्ट मा.वि (प्लस २ मा देशभरीनै उच्चतम नतिजा), श्री ग्रीनसिटी अस्पताल प्रा.लि,
श्री विनायक अस्पताल प्रा.लि, अर्जुन श्रेष्ठ (प्रधानाध्यापक सरस्वती माद्यमिक विद्यालय), जालुपा मा.वि. (२०८० को एस ईई उत्कृष्ट नतिजा) नगर सम्मानबाट सम्मान गरिएको थियो ।
२०८० को एस.ई.ई मा ४ जिपिए ल्याउन सफल
श्लेखा अधिकारी (नेपाल मोड्ल स्कुल), आशुतोस लामिछाने (साउथस्टन स्कुल), प्रणभमान श्रेष्ठ (मिल्सवेरी स्कुल), सोनिया निरौला( त्रियोग मा.वि.), सिवानी जोशी (वियोग मा.वि.) र श्रेयानी न्यौपाने (त्रियोग मा.वि.), कोष विलास बगाले, डा. सुस्मिता गौतम, नवराज पनेरु, धापासी स्वास्थ्य चौकी, प्राप्ती पौडेल, टोखा-६ प्रथम उत्कृष्ट तिज, इरिका न्यौपाने (प्रथम), पुनम थपलिया (दोस्रो), रेवती विडारी (तेस्रो) र विन्दु गौतम (शान्त्वना) नगर सम्मानबाट सम्मान गरिएको थियो ।
नगरपालिका प्रमुख प्रकनश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सीले सम्मान पत्र मेडल हस्तान्तरण गरेका थिए ।
टोखा नगरपालिकाको ११ अौं स्थापना दिवसको अवसरमा नगर गौरव सम्मान र नगर सम्मान गरी दुई विधाको सम्मानले सम्मानित गरेको हो ।