• पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक १० रुपैँयाले वृद्वि

    टोखा टाइम्स, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक १० रुपैयाँले वृद्धि गरेको छ। निगमको शनिबार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

    नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १७० रूपैँया पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैँया पुगेको छ। एलपी ग्यासको मूल्य १६०० र हवाई इन्धनको मूल्य १५६ रहेकोको निगमले जनाएको छ ।

    Facebook Comments Box