टोखा टाइम्स, ९ मंसिर । टोखा युवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ ।
टोखा उद्यमी बहुउद्देश्यीय सहकारीको अध्यक्ष शान्ती श्रेष्ठको अध्यक्षतामा टोखा नगरपालिका कार्यवहाक प्रमुख तथा उपप्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यतामा टोखा नगरपालिका-३का वडाध्यक्ष रमेश डंगोल, सहकारी शाखा प्रमुख कमला कार्कीको विशिष्ट आतिथ्यतामा टोखाको चण्डेश्वरी रिसोर्टमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण, विनियम संशोधन तथा भावि नीति र कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष ०८०/८१ को चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सहकारीले आइतबार सम्पन्न गरेको हो ।
सभामा संस्थाको अध्यक्ष शान्ति श्रेष्ठले आ.व २०८०⁄८१ वार्षिक प्रतिवेदन पेश गरिन् । संस्थाको गत आर्थिक वर्षमा निक्षेप संकलन १ करोड ६३ लाख ३० हजार ५ सय संकलन गरी शेयर पूँजीमा ९३ लाख ७१ हजार ९ सय र शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा २ करोड ३३ लाख ३५ हजार ९ सय १० रुपयाँ ऋण लगानी रहेको छ । आ.व २०८०/०८१ मा संस्थाले ९ लाख ८६ हजार ८ सय ६९.३२ रुपयाँ मात्र नाफा गरेको छ ।
कार्यक्रममा उत्कृष्ट निक्षेपकर्ता र उत्कृष्ट ऋणीलाई सम्मान गरेको थियो । उत्कृष्ट बचतकर्ता तर्फ टोखा नगरपालिका-३ निवासी आशालाल डंगोल र असल ऋणीमा टोखा नगरपालिका -३निवासी सृजना श्रेष्ठ सम्मानित भए । त्यस्तै, २०८०/८१ मा एस.ई.ई र +२ परीक्षामा उत्तीर्ण शेयर धनिका छोराछोरीहरूलाई बधाई तथा सम्मान गरि प्रमाण प्रत्र प्रदान गरेको थियो ।
सहकारीले सामाजिक दायित्व अन्तर्गत टोखा युवा क्लबलाई तीस हजार रूपैयाँ सहयोग गरेको छ । सहकारीका अध्यक्ष शान्ति श्रेष्ठले टोखा युवा क्लबका अध्यक्ष राजिव श्रेष्ठलाई चेक हस्तान्तरण गरेको थियो । साथै दुई पक्षबीच टोखा नगरपालिका-३ का वडाध्यक्ष रमेश डंगोलको रोहवरमा सम्झौता पत्रमामा हस्ताक्षर समेत गरेको थियो ।
समाजिक संस्था टोखा युवा क्लबद्वारा महिला सदस्यहरुको आर्थिक लगानी एवं वित्तिय सरलताको लागि गठित “टोखा महिला बचत समुह “बाट मासिक रुपमा बचत संकलन गरी, क्लबका सदस्य तथा महिला दिदी बहिनीहरुमा महलिय दरमा आर्थिक कारोबार गरी आर्थिक उन्नतीको लागि टोखा युवा क्लबको विशेष पहलमा “टोखा युवाको संसार, आर्थिक पुँजीको भण्डार” भन्ने नाराका साथ २०७७ असोज २७ गते दिन टोखा युवा बहुउद्देश्यीय सहकारीको स्थापना भएको थियो ।
संस्थाले न्यून्तम दरमा सेयर सदस्यहरुलाई ऋण लगानी गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।
संस्थाको उपाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष निशा डंगोलले वित्तिय अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरिन् । लेखा समिति सदस्य साजन डंगोलले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरिन् ।
सहकारी संस्थाका सचिव अनिता श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा टोखा नगरपालिका-३ का वडाध्यक्ष रमेश डंगोल, टोखा युवा क्लवका अध्यक्ष तथा सल्लाहकार राजिव श्रेष्ठ, संस्थाका सल्लाहकार राम राज श्रेष्ठ, प्रकाश डंगोल, लेखा परिक्षक बासुदेव अधिकारी लगायतको आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
नयाँ सञ्चालक समिति गठन सर्वसम्मत
सहकारीको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुन: शान्ति श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । संस्थाको उपाध्यक्षमा राज्यलक्ष्मी श्रेष्ठ, सचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा निशा डंगोल चयन भएका छन् ।
यस्तै सदस्यहरुमा राजकाजी श्रेष्ठ, अष्ट कुमार श्रेष्ठ, मंगली देवी श्रेष्ठ, नारायण देवी श्रेष्ठ र ज्ञानवती श्रेष्ठ रहेका छन् ।
संस्थाको लेखा उपसमितिको संयोजकमा श्याम कृष्ण श्रेष्ठ र सदस्यमा सान्देवी श्रेष्ठ र साजन डंगोल चयन भएका छन् । ऋण उपसमितिको संयोजक अष्ट कुमार श्रेष्ठ, सदस्य राज्यलक्ष्मी र राजेन्द्र श्रेष्ठ रहेका छन् भने शिक्षा उपसमितिको संयोजकमा मंगल देवी श्रेष्ठ सदस्यमा गंगलाल श्रेष्ठ र ज्ञान बहादुर लवट रहेका छन्।
नवनिर्वाचित कार्यसमिति तथा उपसमितिका नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक राम राज श्रेष्ठले सपथ ग्रहणका साथै प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन समितिको सदस्यमा राजिव श्रेष्ठ र प्रकाश डंगोल रहेका थिए ।