• टोखा टाइम्स

    • प्रकाशित मिति:९ मंसिर २०८१, आईतवार


    बिज्ञापन
  • टोखा युवा बहुउद्देश्यीय सहकारीमा पुनः शान्ति निर्वाचित

    ९ मंसिर, टोखा टाइम्स । टोखा युवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः शान्ति श्रेष्ठ निर्वाचित भएकी छन् ।

    सहकारीको चौथो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट पुन: श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । संस्थाको उपाध्यक्षमा राज्यलक्ष्मी श्रेष्ठ, सचिवमा अनिता श्रेष्ठ र कोषाध्यक्षमा निशा डंगोल चयन भएका छन् ।

    यस्तै सदस्यहरुमा राजकाजी श्रेष्ठ, अष्ट कुमार श्रेष्ठ, मंगली देवी श्रेष्ठ, नारायण देवी श्रेष्ठ र ज्ञानवती श्रेष्ठ रहेका छन् ।

    संस्थाको लेखा उपसमितिको संयोजकमा श्याम कृष्ण श्रेष्ठ र सदस्यमा सान्देवी श्रेष्ठ र साजन डंगोल चयन भएका छन् । ऋण उपसमितिको संयोजक अष्ट कुमार श्रेष्ठ, सदस्य राज्यलक्ष्मी र राजेन्द्र श्रेष्ठ रहेका छन् भने शिक्षा उपसमितिको संयोजकमा मंगल देवी श्रेष्ठ सदस्यमा गंगलाल श्रेष्ठ र ज्ञान बहादुर लवट रहेका छन्।

    नवनिर्वाचित कार्यसमिति तथा उपसमितिका नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक राम राज श्रेष्ठले सपथ ग्रहणका साथै प्रमाणपत्र वितरण गरेका थिए । निर्वाचन समितिको सदस्यमा राजिव श्रेष्ठ र प्रकाश डंगोल रहेका थिए ।

    नवर्निवाचित अध्यक्ष शान्ति श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । शेयर सदस्य र संस्थाको आर्थिक तथा सर्वतम हितका लागि आवश्यक नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्ने उनले बताए ।

    Facebook Comments Box