टोखा टाइम्स , २२ फागुण । काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेलले प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै गएका छन्। पछिल्लो मत परिणाम अनुसार ९ हजार १२४ मत प्राप्त गरेका छन्।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले २ हजार ८८७ मत प्राप्त गरेका छन्। उनीहरूबीच ६ हजार २३७ मतको मतान्तर छ।
त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेका ईश्वर पोखरेल छन्। उनले एक हजार ५५८ मत प्राप्त गरेका छन्।