बाबुलाल भण्डारी. टोखा टाइम्स । ४०-४५ को उमेर पछि प्राय: मान्छेलाई मुटुमा ब्लकेज सुरु भइसक्छ । तर ब्लकेज ८०-९०% पुग्दासम्म पनि थाह हुन्न र अचानक कुनैदिन हार्ट अट्याकले ज्यानलिन सक्छ । एन्जिओग्राफी नगरी ब्लकेज बारे थाह हुन्न तर एन्जिओग्राफीले मुटु र किड्नीलाई थप क्षति गर्ने खतरा हुन्छ । अनि उपाय के त ? ल, यो पढ्नोस् !

कोरोनरी आर्टरीमा कोलेस्टेरोल र ट्राइग्लिसराइड थुप्रिएर ब्लकेज हुन्छ, रक्त सञ्चालन रोकिन्छ र हार्ट अट्याक/हार्ट फेइलियर हुन्छ । तर केही सूक्ष्म कुरा ख्याल गरे ब्लकेज भए-नभएको जान्न र वच्न सकिन्छ ! जस्तो:- देखिने कुरा
१. कानको लोतीमा ठाडो लहरमा चाउरी पर्नु वा रेखा बन्नु (Frank’s sign)
२. रगत नपुग्दा हात-खुट्टामा रौं झर्दैजानु (Peripheral artery blockage)
३. नङ् भाँचिनु वा ढिलो बढ्नु
४. औंलामा दबाएर छोड्दा भरिन र लाल देखिन २-३ सेकेण्ड भन्दा बढी लाग्नु (Capillary refill test)
५. आँखाका कोछामा हल्का पहेंला कचरा देखिनु (Cholesterol deposit)
६. आँखाको पुतली वरपर हल्का सेतो वा खैरो गोलाकार घेरा बन्नु (Senile arcus)
७. हात खुट्टा सधैं चिसो र पहेंलो-निलोरङ्ग देखिनु
८. मुटुले राम्रो पम्प गर्न नसक्दा खुट्टा सुन्निनु (Pitting edema)
९. खुट्टाका पिंडौलामा नशा बाङ्गो टिङ्गो हुँदै जेलिनु र निलो देखिनु (Vericose veins) अनुभव गर्नेकुरा
१०. बिस्तारामा पल्टिएर खुट्टा उचाल्दा झन्झनाउने वा दुख्नु अनि तल झार्दा आराम हुनु
११. ५-१० मिनेट हिंड्दा वा सिँढी चढ्दा पनि सास फुल्नु
१२. थोरै हिंड्दा पनि खुट्टा दुख्नु, थकाइ लाग्नु र ज्यादा पसिना बग्नु
१३. खोकीमा पहेंलो वा सेतो पदार्थ देखिनु
१४. सुतेको बेला सास नपुगे जस्तो लाग्नु र सिरानी राख्दा आराम हुनु
१५. बारम्बार पिसाब लाग्नु, छातीमा असजिलो हुनु, खाना खाएपछि छातीमा भारीपन महसुस हुनु
१६. हात-झुट्टा झम्झमाउने र बसेर उठ्न खोज्दा रिंगटा लाग्ने (Vertigo) आदि !
१. नियमित ब्यायाम र जोगिङ्ग गर्ने
२. धुम्रपान, मादक पदार्थ छोड्ने र स्ट्रेस कमगर्ने
३. ताजा फलफूल, सागसब्जी, ड्राइ फ्रुट्स, फ्लेक्स, चिया सिड्स, इसबगोल आदि खाने (Cholesterol र LDL कम र HDL बढाउन मद्दत हुन्छ)
४. प्रशोधित र डिब्बा बन्द खाना-पेय, चिनी, दूध, फास्ट फुड, कृत्रिम फ्याट (र सकभर एनिमल प्रोडक्ट्स) नखाने
एउटा दिव्य मन्त्र :: खानासङ्गै २-३ वटा लसुनका कुड्का र खानापछि अदुवाको सानो टुक्रा मुखमा राखेर बिस्तारै चपाउने है त !