• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२२ फाल्गुन २०८२, शुक्रबार


    बिज्ञापन

    काठमाडौं-५ मा रास्वपाका सस्मित पोखरेल विजयी

    टोखा टाइम्स , २३ फागुण, काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल  विजयी भएका छन्  । सस्मित ३० हजार ७ सय ३७ मतसहित विजयी भएका हुन्। पोखरेलले आफ्ना निकतम प्रतिस्पर्धीहरूभन्दा भारी मतान्तरणले विजयी भएका हुन् ।

    कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ९ हजार १ सय ५९ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा नेकपा एमालेका इश्वर पोखरेलले ४ हजार ७ सय १ मत ल्याए ।

    त्यस्तै, कमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी ) १,९२२ , श्रीराम गुरुङ (उज्यालो नेपाल पार्टी ) १२२८, अमित थापा (श्रम संस्कृति पार्टी) ७६९ , कल्पना शर्मा (नेपाली कम्युनिष्ट पार्टी)५७४, शोभा लाल श्रेष्ठ ( नेपाल मजदुर किसान पार्टी ) ५७४, नीशा अधिकारी (गतिशील लोकतान्त्रिक पार्टी) ९१ र धर्म डंगोल (स्वतन्त्र)ले ७७ मत प्राप्त गरेका छन् ।

    त्यस्तै, ज्ञानेन्द्र प्रजापती (नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ७१, विष्‍णु श्रेष्‍ठ (प्रगतिशील लोकतान्त्रिक पार्टी) ५०, अशोक विक्रम जि सी (राष्ट्रिय जनमोर्चा) ४९, स्याम काजी सुनुवार (संयुक्त नागरिक पार्टी) ४५ ,बसन्त राज कुँवर (जय मातृभूमि पार्टी) ३३, क्यामुना मिजार (स्वतन्त्र) २९, निमेस खनाल (नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) २७, युवराज काफ्ले (नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) १६, दानिन्द्र जोशी (जनता समाजवादी पार्टी, नेपाल) १५, कोमल पौडेल (आम जनता पार्टी) १०, मिरा गुरुङ (मंगोल नेशनल अर्गनाइजेसन) ६ , रमेश तामाङ (त्रिमूल नेपाल) ६, ढक बहादुर कार्की (स्वतन्त्र) ६, रमिता सापकोटा (स्वतन्त्र) ५ र प्रभा श्रेष्‍ठ (स्वतन्त्र) ३ ले मत प्राप्त गरेका छन् ।

    कुल ५१ हजार ५ सय ८४ मत खसेको मत मध्य ५० हजार २ सय ३ मत सदर भएको थियो ।

    Facebook Comments Box