• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१७ चैत्र २०७८, बिहीबार


    बिज्ञापन
  • दोस्रो नेपा: उपमेयर व्याडमिन्टन कप प्रतियोगिता सम्पन्न

    टोखा टाइम्स । ‘दोस्रो नेपाः उपमेयर व्याडमिन्टन कप प्रतियोगिता – २०७८’  बिहिबार सम्पन्न भएको छ । नेपा युवा क्लबले जिल्ला स्तरको उक्त प्रतियोगिता चैत्र १३ गतेदेखि टोखा ब्याडमिन्टन एकेडेमीको ब्याडमिन्टन हलमा भएको हो ।

     

     

    “खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा खुल्ला मेनस डबल (बी), (सी), र (डी) तीन समूहका खेल खेलाएको थियो ।

    बिहिबार क्लबका अध्यक्ष सरोज महर्जनको सभापतित्वमा भएको समापन कार्यक्रममा बिजयी टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा टोखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया डंगोलले पुरस्कार वितरण गरेकी थिइन् ।

     

    मेनस डबल (डी) तर्फ अमर डंगोर र सुरेश श्रेष्ठको टिम प्रथम भएका थिए । बिकाश राई र मिगमा शेर्पाको टिम द्वितीय भएका थिए । त्यस्तै, भिम सुनार र सिशिर थकुरी  तथा सुरज बराल र जीवन खत्रीको टिम तृतीय भएका थिए ।  बिजयी टिमले क्रमशः २० हजार नगद, १२ हजार नगद तथा ८ हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

     

    त्यस्तै मेनस डबल (सी) तर्फ हिमाल चन्द र अनिल मल्लको टिम प्रथम, लक्ष्मी मल्ल थकुरी र राम मल्ल थकुरीको टिम द्वितीय भएका थिए । त्यस्तै, सन्तोष पनेरु र रमेश थकुरी तथा निश्चल खत्री र सरोज पोखरेल तृतीय भएका थिए । बिजयी टिमले क्रमशः ३० हजार नगद, १८ हजार नगद तथा १० हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

     

    मेनस डबल (बी) समुह तर्फ  हिमाल चन्द र सन्तोष पनेरुको टिम प्रथम,  आकाश छन्त्याल र अभिशेक गुरुङ्गको टिम द्वितीय भएका थिए । पबिन लिङ्थेल र सरोज महर्जन तथा आशिया जबेगु र दिवस शंकरको टिम तृतीय भएका थिए । बिजयी टिमले क्रमशः  ४० हजार नगद, २० हजार नगद तथा १४ हजार नगदका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।

    तस्विरः टोखा टाइम्सका लागि सुक्रम श्रेष्ठ (टोखा फोटो स्टुडियो)

    Facebook Comments Box