• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ चैत्र २०८१, शनिबार


    बिज्ञापन

    मित्रपार्क नायः खिं बाजं खलःको नायः खिं बाजा प्रशिक्षण सम्पन्न

    टोखा टाइम्स, २ चैत । नेवारी पौराणिक तथा परम्परागत बाजागाजाको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले मित्रपार्क नायः खिं बाजं खलःद्वारा आयोजित नायः खिं बाजा प्रशिक्षण सम्पन्न भएको छ ।

    नेवाः समुदायमा आफ्नै मौलिक विशेष महत्व बोकेको नायः खिं बाजाको काठमाडौं महानगरपालिका वडा नं.७ को आर्थिक सहयोग तथा खल:को विशेष व्यवस्थापनमा २०८१ माघ १० गतेेदेखि फागुन २९ गतेसम्म प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन भएको हो ।

    मित्रपार्क नायः खिं बाजं खलःका अध्यक्ष गौरव शाहीको सभाअध्यक्षमा सम्पन्न भएको समापन कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेश साँसद माननीय श्रीराम लामिछाने, विशेष अतिथिहरू प्रदेश साँसद माननीय समिता खड्‌गी, प्रदेश साँसद माननिय सरिता खङगी, वडा अध्यक्ष: का.म.पा.७ वडा अध्यक्ष विमल कुमार होडा, वडा अध्यक्ष का.म.पा. ८ वडा अध्यक्ष आशामान संगत (संयोजक पर्यटन तथा सम्पदा विभाग का.म.पा), अतिथि वडा सदस्यहरू सुरेश शाही, उज्वल अर्याल, रुपा बापा क्षेत्री र कल्पना कलश सुन्दास तथा वडा सचिव का.म.पा.७ पदम केशर अधिकारीको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नायः खिं बाजाको संरक्षण तथा सम्वर्द्धनमा विशेष योगदान दिनुहुने जेष्ठ व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा राम बहादुर शाही, जित बहादूर शाही, न्हुच्छे माया खड्गी, नानी कु‌मारी खड्‌गी, चन्द्र माथा खड्गी, चिनी माया खड्गी, लता देवी खड्गी, नारायण देवी खड्‌गी, चन्द्र प्रकाश खड्गी, चिनी देवी खड्‌गी, पूर्ण बहादुर शाही, पुर्ण माया शाही, राधा खड्गी र श्री कुमारी खड्‌गी रहेका छन् ।

    मित्रपार्क नायःखिं बाजं खल: को स्थापनामा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेका स्व. हरि खड्गीकी श्रीमती पूर्ण कुमारी खड्‌गीलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

    आर बि होम कन्सर्न मित्रपार्कमा भएको कार्यक्रममा नाय: खिं बाजा प्रशिक्षणका प्रशिक्षक तथा व्यवस्थापकहरूलाई समेत सम्मानित गरिएको थियो । सम्मानित हुने प्रशिक्षकहरूमा रत्न बहादुर खड्‌गी, गौरव शाही, रुकेश खड्गी, रोजन शाही, रितिका खड्‌गी, प्रतिक खड्‌गी, सशांक विक्रम शाही र सुप्रिता खड्‌गी रहेका छन् । त्यस्तै, व्यवस्थापकहरु सुनिल शाही, राजु शाही र नविन खड्‌गी सम्मानित भएका थिए ।

    नायः खिं बाजा पुनरोत्थानका विशेष योगदान कर्ताहरु सुरेन्द्र शाही, विद्या लक्ष्मी शाही र बाल मुकुन्द शाही पनि कार्यक्रमा सम्मानित भएका थिए ।

    माघ १० गतेदेखि फागुन २९ गतेसम्म सञ्चालन भएको प्रशिक्षणमा ४१ जना प्रशिक्षार्थीहरूले नायः खिं बाजं तालिममा सहभागी रहेका थिए ।

    नेवाः समुदाय!मा नायः खिंको महत्व उच्च स्थानमा रहेको छ । मानिसको जन्मदेखि मर्नसम्म यो बाजा अनिवार्य रुपमा प्रयोग गर्ने प्रचलन छ । यस नायः खिं बाजालाई बाजाहरुको जुजु अर्थात राजा पनि भनिने गरिन्छ । यो बाजा विशेषत खड्गी/नायः जातिले बजाउने गर्दछ । नेवाः समुदायमा खड्गी/नायः समुदायलाई नाय: भन्ने गरिन्छ, नाय् समुदायले बजाउने बाजा भएकाले नायः खिं बाजा भन्ने गरिएको हो । जसरी नायो जातिको नायो शब्द अपभ्रमस भएर नाय: भए जस्तै नायो खिं शब्दबाट नाय: खिं बाजा हुन गएको ईतिहासका पानामा पढ्न र सुन्न पाईन्छ ।

    Facebook Comments Box