टोखा टाइम्स, २९ फागुन । पटक पटक स्थानीयहरूको विरोधका बाबजुद टोखा नगरपालिका-३ स्थित चखु टोलमा फोहर मैला वर्गीकरण संरचना सञ्चालन गर्न लागेको प्रति स्थानीयबासी तथा सरोकारवालाले विरोध हस्ताक्षर संकलन गरि वडा कार्यलयलाई बुझाएको छ ।
फागुन २५ गते वडा कार्यालयमा बुझाएको उक्त पत्रमा भनिएको छ, -‘प्रस्तुत विषयमा टोखा नगरपालिका- ३ को चखु टोल स्थित बिजुली नारायण श्रेष्ठको किता नम्वर २२ रहेको जगामा विनायक फोहर मैला व्यवस्थापन प्रा. लि.ले फोहर मैला वर्गीकरणका लागी कुनै पनि नियमन निकायमा स्विकृति बिना संरचना निर्माण गरि संचालनमा ल्याउन खोज्दा स्थानिय बुद्धिजिवि, सामाजिक तथा राजनितिक व्यक्तित्व, जन सरोकारवालाहरू, जन प्रतिनिधिहरूको एक मत सहित २०८१ साल साउन मसान्त देखि विभिन्न समयमा जन प्रतिनिधि समेतको असहमती र विरोध हुदाँ हुदै पनि कसैको कुरा नसुनी एकतर्फी बल मिचाई प्रवृति देखाई संचालन गर्न समर्थनको अस्वभाविक हस्ताक्षर संकलन समेत गरि सम्पूर्ण जन मानसमा भ्रम सिर्जना हुने आदि कार्य अगाडी बढाउन लागेको हुदाँ यस्तो प्रकृति र विसंगतिको निन्दा गर्दै समग्र मानव-जाती, बन्यजन्तु तथा पशु पंक्षी सबैलाई प्रत्यक्ष तथा परोक्ष असर पर्ने गरि गैर कानुनी रूपमा निर्मित संरचना तथा कार्यहरू अबिलम्ब रोकी उचीत व्यवथापन सहित संरचना हटाई सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दर्छौं।’