• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२५ फाल्गुन २०८१, आईतवार


    बिज्ञापन

    द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

    टोखा टाइम्स, २५ फागुन। ‘संस्कारयुक्त शिक्षा सीपयुक्त विद्यार्थी आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्थापित टोखा नगरपालिका-६ धापाासि स्थित द ह्वाइट माउन्टेन स्कुलले आफ्नो वार्षिक अभिभावक दिवस सम्पन्न गरेको छ ।

    शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदिप पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक तिलक शर्मा पौडेलको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त कार्यक्रममा टोखा नगरपालिका-६ का वडाध्यक्ष शान्ता पौडेल, छहरा साहित्य समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिना लगायत लब्द प्रतिष्ठित ब्यक्तित्वहरू, विद्यार्थी र अभिभावको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रममा विद्यार्थीले विविध साँस्कृतिक नृत्य तथा आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

    Facebook Comments Box