• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२२ फाल्गुन २०८१, बिहीबार


    बिज्ञापन

    टोखामा पुर्व प्राथमिक विद्यालयस्तरीय दुई दिने खेलकुद कार्यक्रम

    टोखा टाइम्स, २२ फागुण । अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले टोखा नगरपालिकाले दुई दिने पुर्व प्राथमिक विद्यालयस्तरीय खेलकुद कार्यक्रमको आयोजना गरेको छ ।

    टोखा नगरपालिका शिक्षा शाखाको आयोजना तथा एशोसिएसन अफ प्रि-स्कुल एजुकेटर्स नेपाल (अपेन) टोखाको संयोजनमा टोखाका पुर्व प्राथमिक विद्यालयस्तरीय खेलकुद कार्यक्रमको नगर प्रमुख प्रकाश अधिकारीले उद्घटन गर्नुभयो ।

    बिहिबार र शुक्रबार दुई दिन हुने उक्त कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अधिकारीले टोखा नगरपालिकाले विभिन्न उमेर समुहलाई प्राथमिकतामा राखि खेलकुद कार्यक्रमहरुको आयोजना गर्दै आईहेको बताउनुभयो ।

     नगर प्रमुख अधिकारीले कार्यक्रमको सफलताको शुभकामना दिँदै सबै साना भाईबहिनीहरुलाई उज्वल भविष्यको शुभकामना दिँदै प्रतियोगितामा उत्कृस्ट खेल प्रदर्शन गर्न हौसला प्रदान गर्नुभएको थियो ।

    नगरपालिकाले भौतिक विकासलाई मात्र नभई सामाजिक विकासलाई पनि उतिकै महत्त्व दिएर अगाडि बढिरहेको नगर प्रमुख अधिकारीको भनाई थियो ।

    अपेन केन्द्रिय महासचिव कृष्ण कुमार बोहोराले अपेनसँगको सहकार्य गरेकोमा नगरपालिकालाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि यस्तै सहकार्य मिन्ने विश्वास व्यक्त गर्नुभो । उहाँले अपेनको कामनै पाँच वर्ष मुनिका बालबालिकाहरुको सर्वाङ्गिण विकास गर्ने रहेकाले पाँच वर्ष मुनिका विद्यार्थीहरुका लागि आवश्यक खेलकुदका कार्यक्रम गर्ने सामर्थ अपेनसँग मात्र भएको जिकिर गर्नुभयो ।  

    त्यस कार्यक्रमका सभापति टोखा शिक्षा युवा तथा खेलकुद प्रमुख बाबुराम गौतमले खेलकुदले बालबालिकाको पठनपाठन बाहेक अतिरिक्रत मार्फत शारिरक तथा बौद्धिक शक्तिको बिकास हुने भएकाले टोखा नगरपालिकाले आगामी दिनहरुमा अपेनसँग सहकार्य गर्दै अझ थप कार्यक्रमहरुको आयोजना गरिँदै जाने जानकारी दिनुभयो ।

    कार्यक्रमको पहिलो दिन आज बिहिबार कक्षा एल. केजी र यु.केजीका विद्यार्थी बीच विभिन्न खेलमा प्रतिस्पर्धा भएको थियो भने दोश्रो दिन भोलि शुक्रबार नर्सरीका विद्यार्थी बीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगितामा टोखाको २५ मन्टेश्वरी स्कुलको सहभागिता रहेको थियो ।

    टोखा-८ गैरी गाउँ स्थित प्रिमियर फुट सलमा जारी कार्यक्रममा टोखा शिक्षा शाखा विद्यलय निरीक्षक बिजया भट्टराई, अपेन टोखा अध्यक्ष उर्मिला त्रिपाठीका साथै विभिन्न विद्यालयका शिक्षकशिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box