टोखा टाइम्स । टोखाको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिन्छ । नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्रा तिन रात चार दिनसम्म धुमधामसाथ टोखामा मनाइन्छ ।
सपन विनायक, चण्डेश्वरी भगवती र मसानकाली पिगण द्यःलाई दुई तले प्यागोडा शैलीको खटमा राखि आज विहान विधिविधान पुरा पश्चात बैशाख २ गते आज विहानी विशेष सिन्दुरे जात्रासँगै बिस्का जात्रा सुरु भएको हो ।