• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१ बैशाख २०८२, सोमबार


    बिज्ञापन

    टोखा सपनतिर्थ मेलामा दर्शनार्थीको घुइँचो

    टोखा टाइम्स , १ बैशाख। काठमाडौँको उत्तरी भेगस्थित सपनतिर्थ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। टोखा नगरपालिका-२ मा पर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष बैशाख १ गतेका दिन मेला लाग्छ।

    यहाँ आउने भक्तजनलाई व्यवस्थित गर्न द्यःखलः, नेपाल स्काउट र सुरक्षाकर्मी खटिएका छ्न्। सपनतिर्थ सिद्धि विनायक मन्दिरलाई टोखाको एक महत्त्वपूर्ण धार्मिक तिर्थस्थलका रूपमा लिइन्छ।

    मन्दिरमा प्रनङ्गणमा रहेको सिद्धि पोखरीमा आजको दिन स्नान गर्नाले शारीरिक रोगहरु निको हुने र सपन विनायकको दर्शन गर्नाले आफुले चिताएको कुरा सिद्ध हुने विश्वास छ। 

    आज वेलुका मन्दिरको गर्भगृहमा राखेको प्रतिमालाई सिद्ध पोखरीमा विधिवत रुपमा स्नान पश्चात खटमा राखि टोखा बस्तीमा प्रवेश गराएसँगै टोखाको विस्काः नखः (जात्रा) विधिवतरुपमा सुरु हुन्छ । टोखाको ठुलो जात्राको रुपमा रहेको जात्रा ५ गतेसम्म टोखाको मूल बस्तीमा हुनेगर्छ ।

    सपनतिर्थ मेलाको शुरुवाट र किम्वदन्ती

    किम्वदन्ती अनुसार-सत्य युगमा एक राज परिवारमा राजा सत्यवन्तका सात वटी छोरीहरु थियो । ६ जना छोरीहरुलाई सम्भ्रान्त राजपरिवार राजकुमारहरु सँग विवाह गरी दिए र एक जना कान्छी छोरी सत्यकेशरीलाई गरीब असहाय अपाङ्ग कुष्ट रोगीसँग विवाह गरी दिएछ । ६ जनाको हकमा दाइजो पनि अनगिन्ती र सत्य केशरीको हकमा केही पनि नदिएको र दया माया साथ सहयोग केही नपाएको स्वच्छ हृदय र दृढ विश्वास आमाबुबा प्रति अपार निष्ठा भएको कारणले बुबाआमाको वचनलाई स्वीकर्य गरी आफ्नो कर्ममा लेखि आए अनुसार सिरोधरी गरी रोगी पतिको घरमा गई घरजम गर्न लागे । शारिरीक तंदुरुस्तको लागि खानेकुरा(अन्न) त चाहिन्छ नै अन्न पानी विना बाच्न सक्ने अवस्था हुँदैन त्यसैको खोजी नितीको लागि आफ्ना घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसर सिद्धिपोखरी नजिकैको पाटीमा पुगेछ । आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न जान्छीन् ।

    त्यही समयमा नजिकैको सिद्धिपोखरीमा गाईवस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याई खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फल्ने र एक छिनमै ती किरा- फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवं तरिकाले ती प्रकृया चलिरहर्‍यो । निकै सयमसम्म हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाएँ मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरें । धेरै सोच विचारपछि त्यही रमाइ रहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस् म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अन्नुनय र विनय गरे तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन । फलस्वरुप आफैले आफु बसेको पाटीबाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगी आफुले लगाएको वस्त्र फुकाली त्यस सिद्धिपोखरीमा हाम फाल्यो । केहि वेर पछि आफ्ना अपाङ्ग भएको शरीर सवलाङ्गको रुपमा परिणत भयो र अच्चमित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा वस्त्रलगाइ त्यही पाटीमा वसे । त्यो दृश्य देखेर त्यहाँ खेलिरहेका गोठालाहरुले हल्ली खल्ली मच्चायो सबै तिरबाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो । त्यसै समयमा माग्न गएका सत्य केशरी पनि आइपुगे मान्छेको घुइचो बीचमा यताउता आफ्ना पतिलाई खोज्छीन् भेटाउन सक्दैन र देख्न सक्दैन त्यही ठाउँमा सवलाङ्ग निरोगी मान्छे बसेका छन् । केही छिन पछि म त्यही अपाङ्ग कुष्टरोग लागेका मान्छे हु म तिम्रै पति हु भनेर भने पनि पत्याउदैन, पत्याउनु पनि कसरी राजकुमारी साथ केशरीले मलाई छलछाम गर्न लागेको मेरो ईज्जत र अस्तित्व लुट्न लाग्यो मेरो पति तिमी कुनै हालतमा हैन भने पछि ती सत्यकेशरीको पतिले आफुले मागेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सव-विस्तार सुनाए पछि वल्ल विश्वास गरे । सत्यकेशरी र अपाङ्ग कुष्ट रोगी दुवै जना खुसी भए । रमाए र एक आपसमा भेला भएका मानिसहरुसँग पनि खुसी साटासाट गरे त्यस सिद्धिपोखरीका वारेमा व्यापक छलफल गरे । समय छिपिदै जाँदा भेला भएका अपार जनसमुदाय सबै आ-आफ्ना घर तिर जाँदै त्यस पोखरीको प्रचार प्रसार गर्दै गयो र त्यस सपनतिर्थ मन्दिरको सिद्धपोखरीको महत्व बढ्दै गयो । आफ्ना शरीरमा देखा परेका कुनै पनि रोग व्यथाहरु त्यस पोखरीमा स्नान गर्नाले निको हुने जन- विश्वासका साथ यस सपनतिर्थमा मेला लाग्ने गर्छ । त्यो जन विश्वासले अहिले सम्म त्यतिकै महत्वका साथ मेला लाग्ने गर्छ ।

    Facebook Comments Box