• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२ बैशाख २०८२, मंगलवार


    बिज्ञापन

    बिस्काः जात्रा : आज विहान सपन विनायक, चण्डेश्वरी भगवती र पिगण द्यःको भव्य सिन्दुर जात्रा

    टोखा टाइम्स, टोखा । नयाँ वर्षसंगै शुरूभएको टोखाको बिस्काः जात्राको पहिलो दिन आज बैशाख २ गते विहान सपन विनायक, चण्डेश्वरी भगवती र पिगण द्य: को विशेष सिन्दुर जात्रा हुँदैछ ।

    यलाग टोलबाट सपन द्य: र थलाग टोलबाट चण्डेश्वरी भगवतीको खट र मसानकाली पिगण द्य:को खट मन्दिर परिसरमा विधिवत पूजाआजा सकिएपछि धुमधामकासाथ सिन्दुर जात्रा हुन्छ ।

    विहान ७:३० बजेदेखि जात्रा सुरू हुनेछ । सपन विनायक र चण्डेश्वरी भगवती थनेलाछिमा रहेको यंसि परिक्रमा गरि टोखा बजार परिक्रमा गराई थलाग टोलमा विसाईन्छ । त्यस्तै, पिगण द्यःको खटलाई नगर परिक्रमा पश्चात् विधिवत रूपमा पुजाअर्चना पश्चात् थलाग टोलमा विसाइन्छ । त्यस्तै च्वय गणेश र क्वय कोथु गणेशको खट पनि थलागमा विसाइन्छ । साथै, सरस्वती र महादेवको खट पनि सो स्थानमा विसाइन्छ ।

    त्यस्तै, आज दिउँसो ४ बजे चण्डेश्वरी मुल जात्रा तथा सिन्दुर जात्रा हुनेछ । थलाग टोलबाट सांस्कृतिक बाजनगाजा सहित विशेष सिन्दुर जात्रा हुनेछ । सिन्दुर जात्रा पश्चात् थनेलाछिमा सबै देवीदेवताको खट विसाइन्छ रातभर भजनकृतनका साथै पूजाअर्चना गरिन्छ । बेलुका दबुमा मौलिक सांगितिक या:प्याखँ प्रस्तुत गरिन्छ ।

    तस्बिर: कृष्ण महर्जन

    Facebook Comments Box