टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक स्थानमा सुर्तिजन्य बस्तुको सेवन तथा विक्रि वितरणमा रोक लगाएको छ । बुधबार नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने)ऐन २०६८ (प्रथम संशोधन २०७६ ) मा भएको व्यवस्था अनुसार सार्वजनिक स्थलहरु र १०० मिटर वरपर सेवन तथा विक्रि वितरण गर्न नपाउने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसीले सो सुचनालाई आधारमा मानेर सेवन तथा विक्रीवितरण नगर्न आग्रह गरे । साथै सुचनालाई बेवास्था गरेका कानुन अनुुसार कारबाही गर्ने स्पष्ट पारे ।