• टोखा टाइम्स

    • प्रकाशित मिति:२८ कार्तिक २०८०, मंगलवार


    बिज्ञापन
  • टोखामा हर्षोल्लासका साथ मनाइयो नेपाल संवतको नयाँ वर्ष

    टोखा टाइम्स, काठमाडौँ, २८ कार्तिक – चान्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवतको नयाँ वर्ष ११४४ आज विभिन्न कार्यक्रम गरी टोखामा मनाइएको छ । नेवाः गुथि तोखाको आयोजनामा नयाँ वर्षलाई भव्य स्वागत गरी नयाँ वर्षको खुसीयालीमा आज टोखामा मौलिक भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्‍याली निकालिएको हो ।

    टोखाको ससुख्य (सरस्वती चौर)मा भेला भई मौलिक बाजागाज र भेषभुषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना र्‍याली टोखा नगर परिक्रमा पश्चात क्वनेलाछिमा पुगि सांस्कृतिक सभामा परिनत भएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले अब सांस्कृतिक आन्दोलन गर्नु पर्ने बताएका छन् । ‘हामीले लामो समयसम्म भाषिक अधिकारको लागि आन्दोल गर्‍यौँ र अहिले त्यसको उपलब्धि पनि प्राप्त गरी सकेका छौँ । अब हामीले साँस्कृतिक आन्दोल गर्नु पर्ने बेला आएको छ ।’ उनले भने ।

    मन्त्री महर्जनले भने, ‘हामीले हाम्रा संस्कृतिको संरक्षणका लागि दिनरात लागि परेका छौँ । अब संस्कृतिलाई आम्दानीको क्षेत्र बनाउन नसके विस्तारै लोप हुँदै जाने छन् । संस्कृतिकर्मीहरुको रोजगारीको पाटो बनाउन स्थानीय, संघीय र केन्द्रीय सरकार एक जुत भएर आवश्यक नीति नियम बनाएर अगाडि बढ्न आवश्यक छ । ‘

    नेपाल संवत् ११४४ नयाँ वर्षको खुसीयालीमा टोखामा शुभकामना र्‍याली ।

    Posted by टोखा टाइम्स डटकम on Monday, November 13, 2023

    बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन भएको बताउँदै उनले अब केन्द्रीय सरकाले पनि नेपालका सबै भाषाहरुलाई कामकाजी भाषाको रुपमा कार्यन्वयन गर्नु पर्ने उनले सुझाएका थिए ।

    त्यस्तै, कार्यक्रममा विशेष अतिथि काठमाडौं-५ (ख) का सांसद माननीइ श्याम बहादुर खड्काले आफ्नो क्षेत्रको विकासका लागि आफुहरु लागि परेको बताए । ‘टोखाको संस्कृति, सम्पदाहरुको उत्थान तथा विकासका लागि आवश्यक गृहकार्य भईरहेको छ । स्थानीयसँग समन्वय गरी आवश्यक नीति तथा बजेटको व्यस्थापन गर्न हामी तयार छौँ ।’ उनले बताए ।

    टोखा नगरपालिकाका कार्यवहाक मेयर तथा उपमेयर मुरारी तामाङले नयाँ वर्षको शुभकामना दिदै स्थानीय तथा मातृभाषाको विकासका लागि टोखा २-३ साविक (टोखा चण्डेश्वरी र सरस्वती गाविस) वडाका विद्यालयमा नेपालभाषाको पठन पाठन शुरु गरेको बताए । ऐतिहासिक सहर टोखाको सवाङ्गिण विकासका लागि टोखा नगरपालिकाले सक्दो कार्य गरी रहेको समेत उनले बताए ।

    बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन सम्मानित

    बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन गर्न विशेष भूमिका निर्वाह गरेका बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनलाई टोखाले सम्मान गरेका छन् ।

    नेपाल संवत् ११४४ नयाँ वर्षको भिंतुना समारोहमा टोखाका नायो हेमराज श्रेष्ठले सिंगो टोखाको तर्फबाट उनलाई सम्मान पत्र सहित सम्मान गरेका थिए ।

    उक्त कार्यक्रममा नेपाल संवत्‌को नयाँ क्यालेन्डर विमोचन गरिएको छ । टोखा कानुनी सेवाका राजकाजि डंगोले सो क्यालेन्डरको प्रायोजन गरेका थिए ।

    नेवाः गुथि तोखाका उपाध्यक्ष सुर्यमान डंगोलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा भिंतुना शुभकामना र्‍यालिमा सहभागि संघसंस्था तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

    Facebook Comments Box