टोखा टाइम्स, २१ पुस । ७ स्वर्ण पदकसहित सरस्वती माध्यमिक विद्यालयले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । मंसिर३ ० गते सुरु भएको प्रतियोगिताका विभिन्न खेलमा विद्यालयले ७ स्वर्णसहित ८ रजत र १३ कास्य गरी २८ पदक प्राप्त गरेको छ ।
आज टोखा नगरपालिकाको कार्यपालिकाको सभाहलमामा शिक्षा विभागले आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सी तथा शिक्षा शाखा प्रमुख बाबुराम गौतम एवं खेलकुद संयोजक तिलिङ्गाटार माध्यमिक विद्यालयका प्रधानाध्यपक सरोज पाण्डेले पदक र शिल्डसहित विद्यालयलाई नगद पुरस्कार प्रदान गरेको थियो ।
प्रतियोगितामा स्वर्ण, ३ रजत र २ कास्य सहित १० पदक प्राप्त गर्ने तिलिङ्गाटार माध्यमिक विद्यालयले दोस्रो
र ४ स्वर्ण, ३ रजत र १ कास्य सहित ८ पदक प्राप्त गर्ने काठमाडौं ग्वोबल स्कुलले तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो, उसु, एथलेटिक्स तर्फ हाइजम्प, लङजम्प, सटफुट, मिटर रिलेलगायतका विभिन्न खेलमा नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी प्रतिस्पर्धा गराएको थियो ।