टोखा टाइम्स, बैशाख १८ । काठमाडौंको टोखा नगरपालिका-२ स्थित भिल्लीटार (पञ्चेटार) मा भाजु नसः ‘ए टिपिकल नेवारी रेष्टुरेन्ट’ शनिबारदेखि सञ्चालनमा आउनेभएको छ ।
‘खानामा संस्कार, सेवामा सत्कार’ भन्ने मर्म अनुरूप विश्व प्रसिद्ध नेवारी खानाको मौलिक र परम्परागत परिकार र त्यसको वास्तविक स्वाद दिने उद्देश्यले भाजु नस: रेष्टुरेन्ट शनिबारबाट सञ्चालनमा ल्याउन लागेको भाजु नस: का प्रवन्धक केश कुमार श्रेष्ठले बताउनु भयो ।
शनिबारदेखि सञ्चालनमा आउने उक्त रेष्टुरेन्टको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा तामाङको बाहुल्यबाट शुभारम्भ उद्घाटन हुने भएको छ । विहान ९ बजेदेखि रेष्टुरेन्ट खुल्ले रेष्टुरेन्टमा उपस्थित भई सेवा गर्ने मौका दिन प्रवन्धक श्रेष्ठले नेवारी खानाका पार्खिहरूलाई निम्तो गर्नुभयो ।
श्रेष्ठ भन्नुहुन्छ -‘भाजु नस: को शाब्दिक अर्थ ज्वाईं मेजमान भन्ने हुन्छ । जसरी नेवाः समुदायमा भाजु (ज्वाईं) लाई अतिथि सत्कार गरिन्छ त्यही मौलिक परम्परागत सत्कार तपाईंले भाजु नसःमा पाउनुहुनेछ ।’