• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२६ बैशाख २०७९, सोमबार


    बिज्ञापन
  • टोखा २ः उम्मेदवारसंग युवा अन्तरक्रिया कार्यक्रम [भिडियो]

    टोखा टाइम्स, काठमाडौँ । आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनका उम्मेदवारसंग युवाहरूको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।आइतबार दिउँसो टोखा नगरपालिका वडा नं २ का मुख्य राजनैतिक दलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका उम्मेदवारसंग स्थानीय युव समूहले स्थानीय निर्वाचनमा तिनीहरूले प्रस्तुत गरेका प्रतिवद्धता र घोषणा पत्रमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गरेको हो ।

    कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार माईला डंगोल, नेकपा एकृकीत समाजवादीका देवराज डंगोल, नेकपा माओवादीका राजेन्द्र श्रेष्ठ र नेमकिपाका रमेश डंगोलले सहभागीता जनाएका थिए । नेकपा एमालेका धर्मेन्द्र श्रेष्ठले भने विशेष कार्य व्यस्तताका कारण कार्यक्रममा उपस्थित जनाउन सकेनन्। उक्त कार्यक्रममा निवर्तमान वडाअध्यक्ष दिपकराज जोशीले प्रत्यासी वडाध्यक्ष उम्मेदवारहरुलाई स्वागत र सफलताको शुभकामना गर्दै आफुले वडा अध्यक्षको जिम्मेवारी सम्हालेदेखिको आफ्नो अनुभवका साथैआफ्नो कार्यकालमा आफुले वडाबासीको हितमा गर्न चाहेर पनि समय अभावका कारण गर्न नसकेका अधुरा योजनाहरुको बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा प्रत्यासी वडाअध्यक्षका उम्मेदवारहरुले आफ्ना प्रतिवद्धता र योजनाहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहभागिहरुले प्रश्न सोधेका थिए । कार्यक्रममा ६० भन्दाबढी युवाहरुको सहभागिता रहेको थियो ।

    Facebook Comments Box