• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१३ आश्विन २०७९, बिहीबार


    बिज्ञापन
  • मिर्मिरे सहकारीको १६ ओं वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट बचतकर्ता तथा ऋणी पुरस्कृत

    टोखा टाइम्स, काठमाडौँ । मिर्मिरे सहकारी संस्था लिमिटेड टोखाले उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई पुरस्कृत गरेको छ । सहकारीको बिहिबार बि.एल भ्वय छेँमा सम्पन्न १६ ओं वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्ता तथा ऋणीलाई पुरस्कृत गरेको हो ।

    पुरस्कृत हुनेमा उत्कृष्ट बचतकर्तामा शैलेन्द्र डंगोल र उत्कृष्ट ऋणीमा भिम कुमारी गुरूङ रहेका छन् । सहकारीबाट पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान सांसद सिर्जना सैजुले सम्मान पत्र वितरण गरेकी थिइन । त्यस्तै, स्थापक शेयर सदस्य हरिकृष्ण श्रेष्ठ गत स्थानीय निर्वाचनमा टोखा नगरपालिका ३ वडाको वडासदस्य पदमा विजय भएकोमा सम्मान गरेका थिए ।

    संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठको सभाध्यक्षमा सम्पन्न पहिलो सत्रको उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका निवर्तमान सांसद सिर्जना सैजुले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि सैजुले सहकारीले सामाजिक उत्तर दायित्व बहन गरी सामाजिक आर्थिक रूपान्तरणका लागि शेयर सदस्य तथा बचतकर्ताहरुलाई सिपमूलक तालिम दिई सामुहिक रुपमा अर्थोपार्जन गर्ने कार्य अगाडि बढाउनु पर्ने बताए । अहिले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता उत्साजन रहेको भन्दै महिलाहरुलाई श्रम शक्तिको रुपमा विकास गर्ने अभियान टोखाको हकमा मिर्मिरे सहकारीले नेतृत्व गर्नु पर्नेमा उनले जोड् दिए ।

     

    त्यस्तै  टोखा नगरपालिका ३ वडाका अध्यक्ष रमेश डंगोले सहकारी मानव जीवनसँग नजिक रहेको संस्था भएको बताए । उनले सहकारीलाई देशको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा राज्यले लिने गरेको छ । साना साना छरिएर रहेको पूँजीलाई एकीकृत गरी सामुहिक हितका लागि लगानी गर्ने संस्था सहकारी हो । सबै शेयर सदस्य तथा बचत कर्ताहरुले आफुले सकेको रकम बचत गर्ने हो भने सहकारी संस्था र शेयर सदस्य तथा बचत कर्ताहरु सबैको आर्थिकस्तर उकास्न सकिने बताए ।

    कार्यक्रममा शुभकामना मनतव्य राख्ने क्रममा संस्थाका स्थापक अध्यक्ष शोभलाल श्रेष्ठले संस्थालाई माथि उठाउन दिगो बचत गर्ने बानिको विकास गर्न शेयर सदस्य र बचत कर्ताहरुलाई सहकारीले सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

    कार्यक्रममा शुभकामना मनतव्य राख्दै कर्मयोगी बहुउद्देशिय सहकारी संस्थाका अध्यक्ष कमल बहादुर डंगोले शेयर सदस्य तथा बचतकर्ताहरुलाई मनोरञ्जनमा मात्र भुलाइ राख्नु भन्दा शिक्षा र चेतनामूलक कार्यक्रमहरु मिर्मिरे सहकारीले गर्दै आइरहेको बताए गरे । हाल बचतकर्ताहरुको पैसा खाएर सहकारीहरु भाग्ने  गरेको खबर बढी आइरहेको छ । सम्पुर्ण बचतकर्ताहरु सचेत भएर विश्वास र भरोषा भएको सहकारीमा पैसा जम्मा गर्ने र करोवार गर्न अनुरोध गरेका थिए ।

    त्यस्तै, सहकारीका संस्थापक सल्हाकार संजिव श्रेष्ठले सहकारीको शेयर पूँजी र सदस्य संख्या बढेको देख्दा आफु निकै नै हर्षीत भएको बताए । आर्थिक क्षेत्रमा वैक तथा बहुउद्देशीय सहकारीहरुले मनोमानी रुपमा व्याज दिने जस्ता अवान्छनीय गतिविधि भैरहेको भन्दै त्यसको नियन्त्रण तथा नियमनको लागि सरकारी स्तरबाट विशेष संयन्त्र स्थापना गरी अगाडि बढ्न पर्नेमा जोड् दिए ।

    कार्यक्रममा धन्यबाद मनतव्य राख्दै संस्थाका उपाध्यक्ष सानुबाबु श्रेष्ठले टोखा नगरपालिकाभरका सहकारीहरु मध्यक आफ्नै भवन रहेको सहकारी मिर्मिरे मात्र रहेको बताए ।  व्यवस्थित रुपमा वार्षिक साधारण सभामा प्रतिवेदन तयारी पेश गर्ने चलन मिर्मिरेले सुरुवाट गरेको समेत उनले जानकारी गराए । सार्वभौम शेयर सदस्यहरु लक्षित विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको र टोखा चण्डेश्वर अस्पतालमा सुलभ मूल्यमा होल वडि चेकअप कार्यक्रम सम्पन्न भएको समेत उनले कार्यक्रममा बताए ।

    वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्माप्न गर्दै संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले सम्पुर्ण शेयर सदस्य तथा बचतकर्ताहरुको साथ सहयोगले नै संस्था आजको दिनसम्म आइपुगेको बताए । उनले शेयर सदस्य तथा बचतकर्ता लक्षित सहकारीले विभिन्न कार्यक्रमहरु सञ्चाल्दै आइरहेको र आउँदा दिनहरुमा पनि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै जाने समेत बताए । सहकारीको नियम कानुन अनुरुप शेयर सदस्य तथा बचतकर्ताहरुले आर्थिक कारोबार गरी आफ्नो र सकारीको आर्थिकस्तर उकास्नेमा आफु विश्वस्त रहेको उनले कार्यक्रममा बताए ।

    गत आ.व २०७८/०७९ मा जम्मा पुँजी तथा दायित्व २५,४३,१७,०२६/५९ रहेकोमा आ.व २०७८/०७९ रु. २६,०६,९०, ९९१।०४ रहेको संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समितिका कोषाध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । उनले आ.व.२०७९/०८० मा अनुमानित रु. ३०,००,००,०००/ पुँजी पुर्‍याउने प्रतिवेदन प्रस्तुतिको क्रममा बताएका थिए ।

    कोषाध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुति गर्दै भने – “यस मिर्मिरे वचत तथा ऋण सहकारी संस्थालाई आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा माथि उठाउन संचालक र उपसमितिका साथीहरुको योगदानले मात्र पुग्दैन । यस संस्थालाई सामाजिक र आर्थिक रुपमा माथि उठाउन सम्पूर्ण शेयर सदस्यहरुको योगदान पनि उतिकै हुनु पर्दछ । साथै आर्थिक कारोबार पनि संस्थाबाट गर्नु पर्दछ । साथै सम्पूर्ण ऋणी महानुभावहरुले समयमा नै ऋण चुक्ता गरि दिनु अनुरोध गर्दछु । संस्थामा संभावित तरलता अभावको समस्यालाई मध्य नजर गरी नियमित वचत गरी सहयोग गरि दिनुहुन पनि सम्पूर्ण सदस्य महानुभावहरुमा विशेष अनुरोध गर्न चाहन्छु । यस वर्षको आर्थिक मन्दीले गर्दा हाम्रो सहकारीलाई आर्थिक कारोबारमा पनि केहि मात्रामा समस्या भएको छ । यस संस्थामा आर्थिक कारोबार नै नगरी बस्ने शेयर सदस्यहरुलाई संस्थाबाट दिइने सेवा सुविधा कतौटी गरिने छ । यस आर्थिक वर्ष २०७८/०७९ मा लाभांश ९% मात्र रकम वितरण गर्ने जानकारी गराउन चाहन्छु साथै शेयर सदस्य महानुभावहरु यस मिर्मिरे साकोसलाई हजुरहरुको सल्लाह सुझाव र सहयोगको अपेक्षा गर्दछु ।”

    २०६३ सालमा शोभालाल श्रेष्ठको अध्यक्षतामा मिर्मिरे वचत तथा ऋण सहकारी संस्था लि. गरी स्थापना भएको थियो । शुरुमा जम्मा ३६ जना सदस्यहरुको रु. ३६००००/ (तिन लाख साठ्ठी हजार) शेयर पुँजीमा सञ्चालन भएको सहकारीले आ.व २०७८/०७९ मा १८९० शेयर सदस्य सहित रु. ३,१४,१६,०००।– शेयर पूँजी पुगेको छ ।

    वार्षिक साधारण सभाको बन्दशत्र कार्यक्रममा संस्थागत प्रगति प्रतिवेदन सञ्चलक समितिका सचिव शैलेश डंगोलले प्रस्तुत गरेका थिए । त्यस्तै, शिक्षा उपसमितिको प्रतिवेदन गिता तुईतुई डंगोल, युवा तथा व्यवसाय प्रवर्धन उपसमितिको प्रतिवेदन संयोजक नरेश डंगोल, महिला तथा बालबालिका उपसमितिको प्रतिवेदन संयोजक गणेश माया श्रेष्ठ, लेखा सुपरिवेशण समितिको प्रतिवेदन शोखराज डंगोल, ऋण उपसमितिको प्रतिवेदन संयोजक विक्रम डंगोल, प्रशासनिक प्रतिवेदन प्रबन्धक जितेन्द्र डंगोलले प्रस्तुत गरेका थिए ।

    संस्थाका अध्यक्ष कृष्ण मान श्रेष्ठको सभाध्यक्षमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सांसद सिर्जना सैजु, टोखा – ३ का वडाध्यक्ष रमेश डंगोल टोखा -२ का वडाध्यक्ष धर्मेन्द्र डंगोल संस्थापक अध्यक्ष शोभलाल श्रेष्ठ पुर्वध्यक्ष द्वय कशिनारायण डंगोल र राजवीर डंगोल, संस्थापक सल्हाकार संजिव श्रेष्ठ,  कर्मयोगि बहुउद्देशीय सहकारीका अध्यक्ष कमल बहादुर डंगोल, गणेश वोडिङ्ग स्कुलका सञ्चालक समितिका उपाध्यक्ष मदन श्रेष्ठ, मूःध्वाखा बहुउद्देश्य सहकारीका उपाध्यक्ष जुनु महर्जन, संस्थाका विभिन्न उपसमितिका संयोजक तथा सदस्यहरु तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box