• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:२० बैशाख २०८१, बिहीबार


    बिज्ञापन
  • विष्णुमती करिडोर क्षेत्रमा पर्ने संरचना हटाउन टोखा नगरपालिकाको ७ दिने सूचना

    टोखा टाइम्स, काठमाडौं । टोखा नगरपालिकाले विष्णुमती करिडोर अन्तर्गत २० मिटर भित्र पर्ने संरचना हटाउन निर्देशन दिएको छ । टोखा नगरपालिका नगर कार्यपालिकाको कार्यालले वैशाख १८ गते सूचना जारी गर्दै विष्णुमती करिडोरका दायाँबायाँ स्थायी र अस्थायी दुवै संरचना हटाउन निर्देशन दिएको हो ।

    वैशाख १७ गते टोखा नगरपालिकाको नाममा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका प्रमुख प्रकाश अर्यालद्धारा जारी पत्रमा विष्णुमती करिडोरमा पर्ने २० मिटर भित्रका घर/टहरा खाली गराउन नगरपालिकालाई ७ दिने सूचना जारी गरेको छ । अटेर गरी घर/टहरा नहटाएमा उक्त घर तथा टहरा हटाउन लाग्ने लागत स्वयम व्यक्ति वा संस्थाबाट सरकारी लागतअनुसार असुल उपर गरिने जनाएको छ ।

    पत्रमा भनिएको छ – काठमाडौं उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंको प.न. १२०४ मिति २०८०/०१/१७ गतेको पत्रानुसार टोखा नगरपालिका भित्र पर्ने विष्णुमती खोलामा नदी कीनाराबाट २० मिटर मापदण्ड सम्वन्धि व्यवस्था रहेको छ र उक्त मापदण्डको क्षेत्रमा विभिन्न संरचना घर/टहरा निर्माण गरी व्यापारिक प्रयोजनमा प्रयोग भएको जानकारी प्राप्त भएकोले त्यस्ता मापदण्डमा पर्ने जग्गामा निर्माण गरिएका घर टहराहरु ७ दिन भित्र खाली गर्नु/गराउनु भनि पत्राचार भएको हुँदा आ–आफ्नो वडाभित्र उक्त निर्णयको कार्यान्वयका लागि सूचना जारी गर्नुहुन जानकारी गराइन्छ । साथै उक्त पत्रको छायाँप्रति यसै पत्र साथ संलग्न छ ।

    Facebook Comments Box