• सागर राज लवट

    • प्रकाशित मिति:१२ माघ २०८१, शनिबार


    बिज्ञापन

    काठमाडौँमा जापानी फिल्म फेस्टिवल हुने

    टोखा टाइम्स, १२ माघ । काठमाडौँमा जापानीज फिल्म फेस्टिवल हुने भएको छ । नेपाल स्थित जापानी राजदुताबासको आयोजना तथा जाल्टानको सहयोगमा यही जनवरी ३१  र  फेब्रुअरी १ तारिखका दिन जमल स्थित राष्ट्रिय नाचघरमा उक्त जापानीज फिल्म फेस्टिवल हुन लागेको हो ।

    फिल्म फेस्टिवलमा देखाइने सबै जापानीज फिल्ममा अंग्रेजी सब टाइटल रहने छ भने, प्रवेश निःशुल्क रहेको जानकरी जापानी राजदुताबासले दिएको छ । साथै सो फेस्टिवलमा १ तारिख (शनिबार) युकाता, क्यालिग्राफि, ओरिगामी जस्ता जापानी संस्कृतिको अनुभव लिन सक्ने स्टल रहने जानकारी जापानी राजदुताबासले दिएको छ। किमोनो, युकाता रिजर्भ गर्नका लागि दुतावासले व्यवस्था गरेको QR Cord Scan गरी आफ्नो नाम र सम्पर्क नम्बर पठाउनुपर्ने छ।

    पोखरामा मार्च ७  र ८ तारिकका दिन पोखरा चम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजमा हुने भएको छ।

    Facebook Comments Box