• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:११ माघ २०८२, शनिबार


    बिज्ञापन

    टोखामा आज “स्वास्थ्य र संगीत”  कुटुम्बसँग कार्यक्रम

    टोखा टाइम्स, १० माघ । टोखामा आज स्वास्थ्य र संगीत कार्यक्रम हुने भएको छ । टोखा नगरपालिका २ वडा कार्यालयक तथा नेशनल बाथरोग सेन्टरको सहकार्यमा “स्वास्थ्य र संगीत ”  कुटुम्बसँग कार्यक्रमको आयोजना हुन लागेको हो ।

    उक्त शिविरमा निशुल्क बाथ रोग सम्बन्धी स्वास्थ्य परिक्षणका साथै रगत यूरिक एसिड सीआर इएसआर र सुगर परिक्षण गरिने छ ।

    टोखा-२ को थनेलाछीमा हुने उक्त कार्यक्रममा स्वास्थ्य शिविर विहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने छ भने सांगीतिक प्रस्तुती ४ बजेदेखि सुरु हुनेछ । वहुचर्चित कुटुम्ब समूहले आफ्नो सांगीतिक प्रस्तुती प्रस्तुत गरिनेछ ।

    कार्यक्रममा विभिन्न खाना परिकारका स्टलहरु हस्तकला तथा साना उद्योगका स्टलहरुका साथै महिला उद्यमीहरुका स्टलहरु समेत रहनेछ ।

    Facebook Comments Box