टोखा टाइम्स, २१ माघ । टोखा–२ स्थित चण्डेश्वरी माद्यमिक विद्यालयले विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाएको छ । आज सोमबार विद्यालयले प्राङ्गणमा रहेकी देवी सरस्वतीको प्रतिमामा विशेष पूजा अर्चना गरी सरस्वती पुजा मनाएको हो ।
उक्त पूजामा टोखा नगरपालिका २ वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ प्रमुख आतिथ्यको रूपमा उपस्थिति रहेका थिए । त्यसैगरी सरस्वती पुजा अवसरमा दर्जनौं नयाँ विद्यार्थी निःशुल्क भर्ना गरी अक्षरआरम्भ गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडासदस्य आर्यन डंगोलले जानकारी दिए । सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने प्रचलन छ ।
सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।