• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:३ माघ २०७८, सोमबार


    बिज्ञापन
  • टोखा चण्डेश्वरीमा आजबाट श्रीस्वस्थानि व्रत कथा प्रारम्भ

    टोखा टाइम्स, काठमाण्डौ । टोखाको धार्मिक तीर्थस्थल चण्डेश्वरी मन्दिर परिसरमा आजबाट श्रीस्वस्थानि व्रत कथा प्रारम्भ भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पक्ष पूर्णिमादेखि माघ शुक्ल पक्ष पूर्णिमासम्म करिब एक महिनासम्म लिने पवित्र व्रतको रुपमा लिने गरिन्छ ।

    स्वस्थानि व्रतको प्रारम्भको अवसरमा सोमबार श्री चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिद्वारा आयोजित विशेष कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले यज्ञमा दीप प्रज्वलन गरि उद्घाटन गरेका दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख प्रकाश अधिकारीले धार्मिक महत्त्व बोकेको चण्डेश्वरी मन्दिर परिसरको बिकासका लागि स्थानीय सरकार र प्रदेश सरकारबाट समेत बजेट विनियोजन भैरहेको बताउनु भयो ।

    यज्ञमा दिप प्रज्वल्न गर्दै नगरप्रमुख प्रकाश अधिकारी

    भौतिक संरचना तथा पुर्वाधार निर्माण गर्दा स्थानको महत्त्वलाई ध्यानमा राखेर त्यस अनुरूप निर्माण कार्य गर्नु पर्ने नगर प्रमुख अधिकारीले सुझाव दिनुभयो ।

    त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा टोखा २ का वडाध्यक्ष दिपकराज जोशीले चण्डेश्वरी मन्दिर परिसरलाई व्यवस्थित गर्ने कार्य भैरहेको बताउनु भयो ।

    चण्डेश्वरी मन्दिरमा आउने भक्तजन तथा पिकनिक मनाउन आउनेहरूको सुबिधालाई ध्यानमा राखि दुई स्थानमा सार्वजनिक शौचालय निर्माण कार्य अगाडि बढिरहेको र थप व्यवस्थित पिकनिक स्पटको निर्माण गर्ने कार्यमा लागि रहेको वडाध्यक्ष जोशीले जानकारी दिनुभयो ।

    उनले निर्माणाधीन चण्डेश्वरी मन्दिर प्रवेशद्वारको निर्माण कार्य चाडैं सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह समेत गर्नुभयो।

    कार्यक्रमका सभापति तथा श्री चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष धुव्रराज जोशीले चण्डेश्वरी मन्दिर परिसरको बिकास तथा ब्यवस्थित गर्न सहयोग गर्ने स्थानिय सरकार, प्रदेश सरकार, पुरातत्व विभागका साथै सहयोगीहरूलाई धन्यवाद दिँदै चण्डेश्वरी मन्दिरको महिमाको बारेमा प्रचार प्रसार गर्ने कार्यमा स्थानीय सरकार अगाडि बढ्नु पर्ने बताउनु भयो ।

    कोरोनाको प्रकोप बढिरहेकोले विशेष स्वास्थ मापदण्ड अपनाएर एक महिनासम्म प्रत्येक दिन बिहान स्वास्थानि कथा वाच तथा होम गरिने कार्यक्रममा जानकारी गराउनु भयो ।

    सतिदेवीको प्रतिमा

     

    चण्डेश्वरी मन्दिर परिसरमा दक्षप्रजापतिले यज्ञ गरेको, सतिदेवीले होममा देह त्याग गरेको र दक्षको शिर छेड्न गरिएको श्रीस्वस्थानि व्रत कथामा वर्णन गरिएको पाईन्छ ।

    उक्त कार्यक्रमा टोखा नगरपालिका १ का वडाध्यक्ष श्रीकृष्ण अधिकारी, टोखा ३ का वडाध्यक्ष सिंहराज श्रेष्ठ, टोखा १० का वडाध्यक्ष मधुसुदन पाण्डे, टोखा संस्कृति सम्पदा संरक्षण समाजका अध्यक्ष मनिराज डंगोल, चण्डेश्वरी गाविसका पूर्व अध्यक्ष कशिनारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

     

     

     

     

    Facebook Comments Box