• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:८ जेष्ठ २०७९, आईतवार


    बिज्ञापन

    पेट्रोलको मूल्य १८० पुग्यो, खाना पकाउने ग्यासलाई १८०० रुपैयाँ

    काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।

    योसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ पुगेको छ । साथै हवाई इन्धनको पनि मूल्यमा वृद्धि गरिएको छ ।

    खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य पनि बढेको छ । ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँले बढाइएको छ । अब ग्याँसको प्रतिसिलिन्डर १८०० रुपैयाँ पुगेको छ ।

    Facebook Comments Box