• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:११ असार २०७९, शनिबार


    बिज्ञापन

    तारकेश्वर नगरपालीकाको बजेट २ अर्ब ६ करोड

    काठमाण्डौं । तारकेश्वर नगरपालीकाले आर्थिक बर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट पेश सार्वजनीक गरेको छ ।
    तारकेश्वरका मेयर कृष्णहरी महर्जनले आज नगरपालीकाको सभाहल धर्मस्थलीमा आयोजना गरिएको कार्यक्रममा आगामी आर्थीक बर्षका लागि २ अर्ब ६ करोड ४६ लाख १४ हजार रुपयाँको बजेट प्रस्तुत गर्नुभयो । जस अनुसार पुँजीगत तर्फ १ अर्ब ३८ करोड ७६ लाख ५८ हजार र चालु तर्फ ६७ करोड ६९ लाख ५६ हजार बजेट बिनियोजन गरिएको छ ।
    नगरपालीकालाई प्राप्त संघीय सरकारबाट ५९ करोड ६ लाख, प्रदेश सरकारबाट ९ करोड ५२ लाख ५३ हजार, अन्य शिर्षकबाट ५ करोड ५५ लाख , आन्तरीक श्रोतबाट २५ करोड ५ लाख ३३ हजार, राजश्व बाँडफाँडबाट ५७ करोड ५२ लाख ५१ हजार, अन्य शिर्षकबाट ४५ करोड ७४ लाख ७७ हजार खर्च व्यहोरीने उल्लेख गरिएको छ ।

    स्थानीय सरकारले जनतालाई करको भार मात्र थोपर्ने गर्दछ भन्दै जनतामा नकारात्मक सन्देश गइरहेको बेलामा तारकेश्वर नगरपालीकाले करको दायरा बढाँउदै बिगतमा लिंदै आइरहेको कर केहि करहरु घटाएको छ । जस अनुसार आर्थीक बर्ष २०७९/८० मा सम्पत्ती करमा ६.०६ प्रतिशतले कम लिइने बजेटमा उल्लेख गरिएको छ । त्यस्तै बैदेशिक रोजगारीमा जाने विद्यार्थीहरुले आम्दानी प्रमाणीत गर्नका बखत तिदै आएको १० प्रतिशत घरबहाल करलाई घटाएर १ प्रतिशत मात्र कायम गरिएको छ । स्थानीय कर र सेवा शुल्क दस्तुर लगायतका करहरुको दायरा बढाई आगामी आर्थीक बर्ष देखि आन्तरिक राजश्व बृद्धि गर्ने नीति अबलम्बन गरीने छ । सो कर र सेवा शुल्क लिने क्रममा सर्वसाधारण जनतालाई प्रत्यक्ष प्रभाब पार्ने करको दर घटाइ सिमित क्षेत्रमा छुट दिइने उल्लेख छ ।
    त्यस्तै नगरपालीकाले लिने सेवा शुल्क दस्तुरलाई कार्यालयले उपलव्ध गराउने सेवाको लागत र सेवाग्राहीको शुल्क दस्तुर तिर्न सक्ने क्षमता र सार्मथ्यतालाई हेरेर तालमेल हुने गरी सेवा शुल्क दस्तुरका नयाँ दर निर्धारण गरि लागु गरिने उल्लेख गरिएको छ ।

    नगर साझेदारी कार्यक्रम अन्तर्गत ५०/५० को साझेदारी भएकोमा आगामी आर्थीक बर्ष देखि ६०/४० को साझेदारी कार्यक्रम लागु गरिने छ । नगरवासी श्रमिकहरुमा निशुल्क बीमा लागु गरिने तथा नगरभित्रका सुचिकृत बेरोजगार व्यक्तिहरुलाई उपभोक्ता समितिको काममा समावेश गरिने नगरपालीकाको योजना छ ।
    नगरसभालाई सम्बोधन गदै पुर्व मन्त्री एवं संघीय संसद भिमसेनदास प्रधानले काठमाण्डौं जिल्लाका १० नगरपालीकाहरु भन्दा पृथक बनेर तारकेश्वर नगरपालीकाको पहिचान हुने गरी कार्यक्रम ल्याउन सुझाब दिनुभयो । उहाँले भन्नुभयो “कृष्णहरी जी र सृजना जी भनेर अहिले नचिन्ने सायद नगरवासी कमै होलान, तपाँईहरुले आफ्नो पहिचान पाइसक्नुभएको छ अब नगरपालीकाको पहिचान झल्कने गरी काम गर्नुहोस”
    सुत्ने खाट, खाने भात र जाने घाट सवैको एउटै भएको उल्लेख गदै पुर्व मन्त्री प्रधानले भोट माग्न जाँदामा जनतालाई हात जोडेको जसरी नगरपालीकामा आउने सेवा ग्राहीहरुलाई नमस्कार गरेर सेवा दिन निर्वाचीत जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
    कार्यक्रममा प्रदेश ससद योगेन्द्र संग्रौलाले भुगोल, जनसंख्या र आवश्यकताको आधारमा नगरपालीकाले बजेट ल्याएकोमा धन्यवात दिंदै नगरपालीकालाई आवश्यक परेको बेलामा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

    नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खडगीले शिक्षा, स्वास्थ्य र पुर्वाधार लगायतलाई जोडेर अति राम्रो कार्यक्रम ल्याएको भन्दै प्रशंसा गर्नुभयो । चुस्त, निस्पक्ष, समावेशी न्याय सम्पादन गर्नका निम्ती निस्पक्ष भएर काम गर्न नवनिर्वाचीत जनप्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो ।
    तारकेश्वर नगरपालीकाकी उपप्रमुख सृजना बुर्लाकोटीले सामाजीक न्याय, समतामुलक समाज र समुन्नत तारकेश्वर निर्माणका लागि आफुहरु लागि परेको बताउनुभयो ।
    कार्यक्रममा तारकेश्वर नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले कार्यक्रममा उपस्थीति सवैलाई स्वागत गदै नवनिर्वाचीत नगरका पदाधीकारीहरुलाई कर्मचारी प्रशासनले सक्ने सहयोग गर्ने बताउनुभयो ।
    कार्यक्रममा प्रदेश संसद प्रकाश श्रेष्ठ, नेकपा एमाले तारकेश्वरका नेता बासु गौतम, जसपाका तारकेश्वरका संयोजक बाबुराम लामा लगायत बिभिन्न राजनैतिक दलका नेताहरुले नगरसभाको सफलताको कामना गर्नुभएको थियो ।

    यस्ता छन नगरका केहि लोकप्रिय कार्यक्रम​ :
    आगामी ५ बर्ष भित्र नगरपालिकाका सवै वडालाई समेटने गरी एउटा तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने, तारकेश्वर नगरपालीकालाई तरकारीमा आत्मनिर्भर बनाउनको लागि कृषि बिक्री केन्द्रको स्थापना संगै पशु तथा कृषिबीमाको कार्यक्रमलाई अगाडी बढाइने उल्लेख गरिएको छ । त्यस्तै नगरपालीका भित्र प्रज्ञाप्रतिष्ठान स्थापना गरि कला र साहित्यको बिकास गरिने, सवै जातजाती र समुदायहरुका बिभिन्न भाषा, लिपि, साहित्य, संपगीत, कलाको संरक्षण र विकास गर्न जोड दिइने छ र नगर क्षेत्र भित्र होमस्टे प्रबद्र्धनका लागि आवश्यक सहयोग गर्ने नीति अबलम्बन गरिने उल्लेख गरिएको छ ।
    नगरबासीहरुलाई विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन एउटा सुविधा सम्पन्न तारकेश्वर नगर अस्पताल स्थापना गर्ने, प्रजनन स्वास्थ्य सेवालाई प्राथमीकतामा राखी स्तन र पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्क्रीनिङ कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
    नगर भित्रको सामुदायीक बिद्यालयलाई अगुवा विद्यालयको रुपमा बिकास गराउने तथा नगरपालीका भित्रको ग्रामीण आर्दश क्याम्पसलाई शैक्षिक तथा प्राज्ञिक केन्द्रको रुपमा विकास गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै दरबन्दी नभएका विद्यालयहरुलाई एकमुष्ट अनुदान दिने, मेडिकल, इन्जीनियरीङ र कृषि प्राविधिक बिषय अध्ययन गर्न प्रत्यक बर्ष कम्तीमा ३ जना नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति उपलव्ध गराइने, विद्यार्थीको असल चरित्रको निर्माणका लागि नैतिक शिक्षाको प्रवद्र्धन गर्नै उल्लेख गरिएको छ । बैक सम्म जान नसक्नेहरुको लागि घर दैलोमानै बृद्ध भत्ता पुर्याउने व्यवस्था गरिने छ । हिंसा मुक्त नगरपालिका, जेष्ठ नागरीक मैत्री नगरपालीका, बालमैत्री नगर घोषणा, सेवा बाट निबृत्त भएकाहरुको निबृत्त क्लब स्थापना गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।
    त्यस्तै नगरपालीका भित्रका सार्वजनीक जग्गाहरुको तारवार लगाएर संरक्षण गरिने तथा पार्क र खुल्ला मैदान निर्माण गरिने, सडकका छेउछेउमा जडिबुटी तथा फलफुलको बिरुवा लगाइने नीति लिइएको छ ।
    आफनो वडा क्षेत्र भित्रको सरसफाइलाई वडा कार्यालयलाई परिचालन गर्ने प्रकृयाको थालनी गर्ने, तारकेश्वर नगरवासीहरुको डिजिटल प्रोफाइल तथा तारकेश्वर एप बनाई नगरपालीकाको सेवा सुविधा दिइने उल्लेख गरिएको छ ।

    Facebook Comments Box