• सुविन्द्र श्रेष्ठ

    • प्रकाशित मिति:१३ असार २०७९, सोमबार


    बिज्ञापन
  • टोखामि अटो हबले टोखामा ल्यायो टिभिएस अपाचे आरटिआर १६० ४-भी

    टोखा टाइम्स, काठमाडौँ । टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री आजबाट सुरू भएको छ।

    टोखा ३ स्थित स्थुःफलचामा रहेको टिभिएस वितरक टोखामि अटो हब प्रा.लिले आजबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री सुरू गरेको हो।

    टोखा नगरपालिकाका उप प्रमुख मुरारी तामाङ , टोखा २ र ३ वडाका वडाध्यक्ष द्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोल तथा टोखामि अटो हब प्रालिका अध्यक्ष आशा काजी डंगोल तथा सञ्चालकहरुको उपस्थितिमा शोरुमको ‌औपचारिक उद्घाटनसँगै टिभिएस अपाचे आरटिआर १६० ४-भी आरटिएफआई बिक्री सुरू गरेका थिए।

    यो बाइकमा रेन, अर्बन र स्पोर्ट गरी तीन राइड मोडहरू छन् । यो विशेषताले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउनेछ हबका सञ्चालक किरण डंगोलले बताए ।

    उनले भने – “यसैगरी, यस बाइकको अर्को सशक्त पक्ष भनेको रेस ट्युन्ड फ्युल इनजेक्सन (आरटिएफआई) टेक्नोलोजी युक्त बिएस-६ कम्प्लायन्ट इन्जिन हो । अटोमोबाइल जगतमा आरटिएफआई टेक्नोलोजिलाई निकै उत्कृष्ट मानिन्छ। यसैगरी बिएस-६ कम्प्लायन्ट इन्जिन सहितको अपाचे आरटिआर नेपाली बाइक प्रेमीले धेरै पहिलादेखि नै प्रतिक्षा गरिरहेको पाइन्छ।”

    बाइकमा स्मार्ट कनेक्सन सुविधा पनि दिइएको छ। जसको सहायताले बाइकमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस अलर्ट जस्ता आधुनिक सेवा जडान गरिएको छ।यसले गर्दा बाटोमा यात्रा गर्दा अरू सामान्य बाइक भन्दा अतिरिक्त फाइदा दिन्छ।

    जगदम्बा मोटर्सले यो नयाँ बाइकको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।

    Facebook Comments Box