• टोखामा साउन २७ गते क्वाँटी पुन्ही, २८ गते सापारु (गाईजात्रा) र २९ गते रोपाइँजात्रा निकालिने

    टोखा टाइम्स, काठमाडौं । टोखामा श्रावण २७ गते क्वाँटी पुन्ही, २८ गते सापारु (गाईजात्रा) र २९ गते रोपाइँ जात्रा निकालिने भएको छ ।  टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, नेवाः गुथि तोखा र मुल नायो तलेजु मन्दिर टोखाको साउन २० गते बसेको भेलाले एक संयुक्त विज्ञप्ति जारी गर्दै नेवार समुदायको मृतकको नाममा निकालिने सापारु, अर्थात गाईजात्रा पर्व यही साउन २८ गते शनिवार गर्ने निर्णय गरेको हो ।

    यस वर्षको जनैपूर्णिमामा हुने नेवार परम्परागत संस्कार, पर्व अन्तर्गत क्वाँटी पुन्ही, गाईजात्रा (सापारु) पर्व र रोपाइँ जात्रा, ३ दिन सम्मको जात्रा सम्बन्धि प्रकाशित २०७९ को पात्रोहरुमा बाँझिन गएकोले अन्यौल सिर्जना भएको छ। यस सम्बन्धि सम्बन्धित ज्योतिषहरु समेतसँग समन्वय गरी टोखा संस्कृति संरक्षित क्षेत्र विकास समिति, नेवा: गुथि तोखा र मुल नायो टोखाको प्रतिनिधि बिच छलफल गरी यही साउन २७ गते क्वाँटी पुन्ही, साउन २८ गते सापारु (गाईजात्रा) र साउन २९ गते रोपाइँ जात्रा पर्व मनाउन हुन संयुक्त विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

    संयुक्त विज्ञप्ति;

    Facebook Comments Box